सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आज दिनभरका शीर्ष समाचार

बुधबार, १६ फागुन २०८०, २१ : २५
बुधबार, १६ फागुन २०८०

आज २०८० फागुन १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • माओवादीले टुङ्ग्यायो कार्यविभाजन

माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरुको विभाजनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन् । बुधबारको स्थायी कमिटी बैठकमा उनले लिखितरुपमै फरक मत राखेका हुन् ।  

  • कांग्रेसलाई नै तनाव

प्रमुख राजनीतिक दलमा आगामी वैशाख १५ मा हुने प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचनको हिसाब–किताब सुरु भइसकेको छ । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा पार्टीको उम्मेदवार पराजित हुनुमा कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव भएको जवाफ दिएका छन् । 

  • माओवादीले टुङ्ग्यायो कार्यविभाजन

विधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । रास्वपाका एक नेताले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईंको चर्चा रहेको बताए । 

  • माओवादीले टुङ्ग्यायो कार्यविभाजन

 राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको उनका सहयोगी किशोर गुरुङले बताए । 

  • भारतमा ठगिँदै नेपाली

नेपालमा जागिर पाउनै मुस्किल छ । जागिर पाइहाले पनि मासिक रुपमा पाउने औसत तलब भनेको २० हजार रुपैयाँमात्रै हो । उक्त तलबले दैनिकी चलाउनै मुस्किल पर्ने अवस्थामा कसैले न्यूनतम मासिक कमाइ नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म हुन्छ भन्यो भने तपाईं के गर्नुहुन्छ ? सहज जवाफ छ– अरु सबैकुरा छाडेर त्यही जागिर गर्न गइन्छ ।

  • भक्तराज आचार्यको ‘राज’

‘तीसको दशक । भक्तराज आचार्यको भव्य भाकाले भावविभोर दशक । कतै भक्तिभावले भरिएको भजनमा आध्यात्मिक चेतना टुसाइरहेका हुन्थे । कतै शास्त्रीय सुगम सङ्गीत सुसाइरहेका हुन्थे,’ क्षेत्रप्रताप अधिकारीले लेखेका पंक्ति हुन् यी, (०६७ सालमा प्रकाशित सत्य–स्वरूपको संयोजन रहेको पुस्तक ‘सङ्गीत शिखर भक्तराज आचार्य’) । 

  • पारिश्रमिकमा विभेदको आरोप

नेपाल क्रिकेट संघ (क्यान) को गत सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले महिला तथा पुरुष खेलाडीको वर्गीकरणलाई अनुमोदन गर्दै केन्द्रीय सम्झौतामा अनुबन्धित खेलाडीहरूको पारिश्रमिक पनि निर्धारण गरेको छ । क्यानको कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीलाई पाँच–पाँच समूहमा विभाजन गरेको छ । सोही अनुरूप, खेलाडीको पारिश्रमिक पनि निर्धारण गरेको हो । 

  • प्रसाईंको निरन्तर हमला

कोरोना महामारीले थलिएको मुलुकको अर्थतन्त्र अझै तङ्ग्रिएको छैन । यो बेला अनेक अराजक गतिविधि मौलाउँदा अर्थतन्त्र लयमा आउला त भन्ने प्रश्न बलियो बन्दै गएको छ । अर्थतन्त्रमा अराजकताको मुख्य पात्र व्यवसायी दुर्गा प्रसाईं बनेका छन् ।

  • सीए पढेका विद्यार्थीले पाउँदैनन् समकक्षता

विदेशमा चार्टर एकाउन्ट (सीए) पढेका विद्यार्थीहरू नेपालमा समकक्षता (ईक्यूभ्यालेन्ट) पाउनबाट वञ्चित हुँदै आएका छन् । भारत लगायतका विभिन्न देशमा सीए पढेर आएका विद्यार्थी त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिँदा समस्यामा परेका छन् ।

  • लफडैलफडामा निजामती प्रशासन

तीन तहको सरकारमा रहेका निजामती कर्मचारीहरु पछिल्लो पटक अनेक तनावमा पर्ने गरेका छन् । स्थायी सरकार मानिने निजामती कर्मचारी कहिले कुटाई खान्छन्, कहिले जिम्मेवारीविहीन हुन्छन् कहिले सरुवा ‘सेटिङ’ मा जोडिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप