सङ्घीयता नै खारेज हुने खतरा छ : निवर्तमान मुख्यमन्त्री चौधरी
काठमाडौँ । निवर्तमान मुख्यमन्त्री एवम् लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मतसम्बन्धी पेस गरेको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सङ्घीयता कार्यान्वयनमा प्रचण्ड नभएको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले म त सबैभन्दा ठुलो खेलाडी सोचेका होलान् । तर उहाँको गतिविधिले सङ्घीयता समाप्त हुने खतरा छ । यसमा उहाँले ध्यान दिनुपर्ने बेला आएको छ’, उनले भने ।
प्रदेश प्रमुखले आफू अनुकूल काम गर्दा प्रदेश नै खारेज हुने खतरा रहेको उनले औँल्याए । ‘अहिले सङ्घीयता रहन्छ कि रहँदैन ? संविधान बचाउन सक्छ कि सक्दैनौँ ? यही प्रदेशसभा अन्तिम हो कि ? कुर्सी खाली भएर सङ्घीयता नै खारेज हुने त होइन ? कता–कता मलाई डर लागेको छ’, सङ्घीयतामाथि प्रश्न उठाउँदै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण