बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, ३१ जेठ २०८१, २१ : ५२
बिहीबार, ३१ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको ३१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१.बाढी पहिरोको सिजन सुरु

मनसुन सुरु भएसँगै कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला संखुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । सरकारी अधिकारीहरूले दिएका जानकारी अनुसार ती जिल्लाहरू वर्षाका कारण आएको बाढी, पहिरोका कारण डेढ सय बढी परिवार विस्थापित भएका छन् ।

 

२. राजनीतिक चेपुवाका कूटनीति

जेठ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले एकैपटक ११ वटा देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कूटनीतिक क्षेत्रमा त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

वर्तमान सरकारले मात्र होइन, विगतका सरकारहरूले पनि यस्तै गरी पटकपटक राजदूतहरू कार्यकाल नसकी फिर्ता बोलाएको पाइन्छ ।

 

३. शिक्षकको सवाल

‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ को विरोध सुरु भएको छ । विशेष गरी विभिन्न दल आबद्ध सरोकारवाला निकायहरूले विधेयकमाथि विरोध सुरु गरेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ, विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल अभिभावक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अभिभावक संघ नेपाल लगायतका सरोकारवाला निकायले विरोध जनाएका हुन् । त्यसरी विरोध जनाउनेहरूमा विभिन्न राजनीतिक दल सम्बद्ध शिक्षक संघ संगठनहरू रहेका छन् ।

४. उदासीन देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उदासीन बन्दा पार्टीका निकाय गतिहीन अवस्थामा छन् । आफ्नो दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत सभापति देउवालाई पार्टीका निकायलाई पूर्णता दिने हतारो छैन ।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था विधानमा भए पनि सभापति देउवा उदासीन देखिएपछि ३ हजार ५ सयभन्दा बढी नेता–कार्यकर्ता जिम्मेवारी पाउनबाट वञ्चित छन् ।

५. राष्ट्रिय परिचयपत्र

सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो ।

 

६. जिल्ला न्यायाधीशको नतिजा

जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले लिएको परीक्षामा न्यून मात्रामा उत्तीर्ण भएको पाइएको छ। न्याय सेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा ८ जना मात्र उत्तीर्ण भएका छन् ।

 

अदालतसम्बन्धी थप

७. खर्च कटौतीका प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीनवटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेस भएका छन् ।

८. डेन्जर जोन

सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका बलराम अधिकारीको पद डेन्जर जोनमा देखिएको छ ।

गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ ।

 

९. जसपा नेपाल महाधिवेशन

जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले  शपथ ग्रहण गरेका छन् ।  एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् ।

 

१०. सेयर बजार

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९.३२ अंकले नेप्से सूचक घटेपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप