६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद
सोमबार, ०३ असार २०८१, १६ : ५४

काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो ।
तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको साथबाट अनुसन्धान अधिकृतहरूले ६ दशमलव ३५ एमएमको माउजर बरामद गरेका छन् ।
राजु भोटेसहित १८ जनालाई सीआईबीले दोस्रो चरणको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची