बस चालकलाई हेलमेट
काठमाडौँ । सामान्यतया मोटरसाइकल चालकले लगाउने हेलमेट बस चालकले पनि प्रयोग गर्न थालेका छन् । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीले बुधबार १२ घण्टे आमहड्ताल घोषणा गरेको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बन्द आह्वान गरिएका कारण सवारी साधन, बजार बन्द छन् ।
पश्चिम बंगाल सरकारले बन्दका बाबजुद सवारी आवागमन सञ्चालन गराउन सरकारी बसका चालकलाई हेलमेट दिएको हो । ढुंगामुढा भइहालेको खण्डमा चालकको टाउकोमा चोट नलागोस् भन्ने उद्देश्यले हेलमेट लगाउन भनिएको हो ।
केही दिनअघि एक महिला डाक्टरको बलात्कार र हत्या भएको घटनाबारे पश्चिम बंगालमा राजनीतिक आरोप–प्रत्यारोप चर्किएको हो । मंगलबार राज्य सरकारको विरोधमा र्याली आयोजना भएको थियो । उक्त ¥यालीमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको विपक्षीको आरोप छ ।
राज्य सरकारविरोधी प्रदर्शनकै क्रममा बुधबार भारतीय जनता पार्टीले बन्द आह्वान गरेको हो । बन्दका क्रममा विभिन्न स्थानमा झडप तथा आगजनी भएको बताइएको छ । बन्दकर्ताले रेल सेवासमेत अवरुद्ध तुल्याएका छन् । भारतीय जनता पार्टीले आफ्ना २०० भन्दा धेरै कार्यकर्ता पक्राउ परेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण