आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १७ भदौ २०८१, २२ : ००
सोमबार, १७ भदौ २०८१

आज २०८१ भदौ १७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा डेढ महिनाभित्रै तीन पटक ओलीले सम्झाए आफ्नो कार्यकाल, गण्डकीमा मन्त्रिपरिषद विस्तारसँगै असन्तुष्टि, प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी, कांग्रेसभित्रको विवाद अस्थायी रूपमा समाधान, माओवादीले दुई सातामै किन जारी ग¥यो दोस्रो परिपत्र ?, सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारी, बार एशोसिएशनले फिर्ता लियो आन्दोलन लगायत छन् ।

१. डेढ महिनाभित्रै तीन पटक ओलीले सम्झाए आफ्नो कार्यकाल
प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ महिनाको अवधिभित्रै तीन पटकसम्म आफ्नो कार्यकालबारे स्मरण गराएका छन् । उनले साउन ६ गते प्रतिनिधि सभामा सम्बोधन गर्दै कांग्रेस र एमालेबिचको सहमतिका बुँदा सुनाउने क्रममा आफ्नो कार्यकालबारे प्रस्ट्याएका थिए । त्यसपछि साउन १५ गते सचिवहरूलाई निर्देशन दिनेक्रममा उनले आफ्नो कार्यकाल सम्झाए । पछिल्लो पटक भदौ १५ गते उनले आफ्नो कार्यकाल एक वर्ष १० महिना १५ दिन बाँकी रहेको बताए । उनका यी अभिव्यक्तिलाई कतिपयले सत्ता गठबन्धनमा देखिएको अविश्वासको परिणामका रूपमा अर्थ्याएका छन् भने एमाले नेताले यसलाई राजनीतिक इमानदारी र गठबन्धनकै निरन्तरताको रूपमा व्याख्या गरेका छन् ।


२. गण्डकीमा मन्त्रिपरिषद विस्तारसँगै असन्तुष्टि
गण्डकीमा सोमबार नेकपा एमालेबाट चार मन्त्री थपिएका छन् । तर सरकार विस्तारसँगै असन्तुष्टि पनि सतहमा आएको छ । 

३. प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी
विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी छ । सोमबार विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतले संसदीय सुनुवाइ समितिमा आफ्ना कार्ययोजना सुनाए ।

४. कांग्रेसभित्रको विवाद अस्थायी रूपमा समाधान
चुनावी गठबन्धन गर्ने कि नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा कांग्रेसभित्र लामो समय देखिएको विवाद अस्थायी रूपमा समाधान भएको छ । महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने र अर्का महामन्त्री विश्वप्रकाश शर्माले एक्जिट पोलिसीबारे अगाडि सारेको प्रस्तावलाई सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले मध्यविन्दु मार्फत अस्थायी समाधान गरेको हो ।

५. माओवादीले दुई सातामै किन जारी ग¥यो दोस्रो परिपत्र ?
नेकपा माओवादी केन्द्रले दुई साताको बिचमा मातहतका कमिटीलाई दोस्रो पटक परिपत्र (सर्कुलर) जारी ग¥यो । साउन २५–३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णय सम्बन्धमा माओवादीले भदौ २ गते मातहतका कमिटीमा परिपत्र जारी गरेको थियो । तर परिपत्र जारी भएको दुई हप्तामा फेरि अर्को परिपत्र जारी गरेपछि नेताहरू नै आश्चर्यमा परेका छन् ।

of६. कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन मनाइयो 
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाएका छन् । आजको दिन छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।  

७. सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारी
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल पठाएको हो ।

८. बार एशोसिएशनले फिर्ता लियो आन्दोलन
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले  आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै एशोसिएशनले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिएको हो ।

९. ओलीलाई बालेनले दिए जवाफ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप