काठमाडौँ । आइतबार सम्पन्न ४१ स्थानीय तहको उपनिर्वाचन अन्तर्गत नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३६ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ५ स्थानको नतिजा आउन बाँकी छ ।
सोमबार, १७ मङ्सिर २०८१, १५ : ३३
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा आएको छ ।
सोमबार, १७ मङ्सिर २०८१, १५ : २१
बुटवल । रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् । निर्वाचन आयोगका अनुसार ५९३१ मत खसेकोमा ३ हजार ६२७ मत प्राप्त गर्दै पुथाउत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् ।
केशकुमारी तुलाचनले २ हजार १२८ मत ल्याएको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले बताए । यहाँ १७९ मत बदर भएको छ ।
नेकपा एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन् । यहाँ कांग्रेस र एमालेबिच गठबन्धन भएको थियो भने माओवादीलाई एकीकृत समाजवादीले समर्थन गरेको थियो ।
सोमबार, १७ मङ्सिर २०८१, १४ : ५२
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार १२८३ मत गणना गर्दा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले ४७७ मतसहित अग्रता लिएकी छन् ।
उनलाई एमालेका उम्मेदवार जाना शाहीले ४०३ मत ल्याएर पच्छ्याइरहेकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाले ३४८ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राप्रपाका उम्मेदवारले २० र रास्वपाका उम्मेदवारले ५ मत ल्याएका छन् भने ३१ मत बदर भएको छ ।
सोमबार, १७ मङ्सिर २०८१, १४ : २१
पोखरा । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा हुँदा गोरखा नगरपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार सर्वाधिक मत ल्याएर विजयी भए । एमालेकी नानुमाया थापा मगरलाई ९८ मत अन्तरले हराएका रामकुमार थापामगरले ४४१ मत पाएका थिए ।
नानुले भने ३४३ मत पाइन् । तत्कालीन समयमा दबदबा रहेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले १६९ मत ल्याएर माओवादीलाई हराएन मात्रै आफूभन्दा कमजोर साबित गरिदियो । नेकपा माओवादी केन्द्रले त्योबेला १४१ मत पाएको थियो । राप्रपा ४२ मतमा समेटियो ।
२०७९ मा भएको स्थानीय निर्वाचनमा अघिल्लो कार्यकालमा कांग्रेसले ल्याएको भन्दा बढी मत ल्याएर एमालेले वडाध्यक्ष जित्यो । एमालेका खिलबहादुर राना ४५३ मत सहित विजयी हुँदा दोस्रो बनेको कांग्रेसकी गीता थापामगरले ४२८ मत पाइन् । मत बढाए पनि दुई पार्टीबिच ठूलो मतान्तर बनेन ।
सोमबार, १७ मङ्सिर २०८१, १३ : ५६
काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले दोब्बर मतले अग्रता लिएकी छन् ।
सो गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्दा माओवादी केन्द्रका उम्मेदवारले ८०९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवारले ४४७ मत प्राप्त गरेकी छन् । त्यस्तै कांग्रेसका उम्मेदवारले २४० मत प्राप्त गरेकी छन् ।
गौरिशंकरमा नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पा, नेकपा एमालेले उमा लुङ्गेली मगरशेर्पा र नेपाली कांग्रेसले पासदिकी तामाङलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।
सोमबार, १७ मङ्सिर २०८१, १३ : ३७
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एउटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ । सो पार्टीबाट गढीमाई गाउँपालिकाको उम्मेदवार रहेका बजरंगी प्रसाद यादव ६५५ मतसहित विजयी भएका हुन् ।
यसबाहेकका वडा तथा स्थानीय तहका विभिन्न पदमा सो पार्टीको सहभागिता मात्रै बनेको छ । अर्थात् अन्य स्थानमा एकीकृत समाजवादीले जित हासिल गर्न नसकेको हो ।
निर्वाचन आयोगका अनुसार सो पार्टीबाट जम्मा १५ स्थानमा उम्मेदवारी परेको थियो । जसअनुसार स्वामिकार्तिक गाउँपालिकामा जवा शाहीले ५५३ मत, ईशनाथ नगरपालिका ७ मा सदरे आलमले ४९२ मत, त्रियुगा नगरपालिका १२ मा निर्मला चौधरीले ३९२ मत, भीमदत्त नगरपालिका ६ मा जितेन्द्र बहादुर चन्दले २२५ मत, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा बलराम बलले ७३ मत, कीर्तिपुर नगरपालिकामा भानु रिजालले ३९ मत (मतगणना जारी), कीर्तिपुर ४ मा रिता खड्का केसीले ३१ मत, ककनी गाउँपालिका २ मा मान बहादुर लामाले २३ मत, शुद्धोदन गाउँपालिका १ मा सुब्बा थारुले १५ मत, महाबु गाउँपालिकामा गजत बहादुर हमालले ४ मत, लालीगुराँस गाउँपालिका ७ मा प्रेम बहादुर खड्काले २ मत पाएका छन् ।
सोमबार, १७ मङ्सिर २०८१, १३ : २२
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागितामै सीमित भएको छ ।
अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सो पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन् । यस्तै गणना हुन बाँकी कीर्तिपुरमा पनि दोहोरो अंक कटाउने छाँट देखिएको छैन ।
निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा उम्मेदवार रहेका विनोद कुमार माझीले ४२ मत पाए भने उदयपुरको त्रियुगा नगरपालिका १२ मा प्रमोद मलाहा सहनीले २० मत पाए । यस्तै सुनसरीको गढी गाउँपालिका ६ मा सिताराम यादवले ६० मत, झापाको कन्काइ नगरपालिका ६ मा सुकलाल राजवंशीले ९ मत, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा शैलेन्द्र कुमार साह (तेली) ले ७४ मत तथा सोही स्थानीय तहको वडा नम्बर ४ मा उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।
सोमबार, १७ मङ्सिर २०८१, १२ : १४
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लज्जास्पद मत पाएको छ ।
त्यसो त, २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेकामध्ये कुनै पनि स्थानमा उपनिर्वाचन भएको थिएन । तर पनि जनमत मापन गर्ने लोकतान्त्रिक माध्यम मानिएको निर्वाचनमा यो पार्टीप्रति जनताको खासै उत्साह र भरोसा देखिएन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ । यहाँ राप्रपाले नारायणप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो । उनी पाँचौँ स्थानमा रहे ।
सोमबार, १७ मङ्सिर २०८१, ११ : ५४
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा मतगणना जारी छ । सो गाउँपालिकामा १७२ मत गन्दा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
सो गाउँपालिका १ तुम्चको १७२ मतगणना हुँदा कांग्रेसका उम्मेदवारले ६८ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ५० मत ल्याएका छन् । त्यस्तै माओवादीका उम्मेदवारले ४८ मत ल्याउँदा राप्रपा र रास्वपाका उम्मेदवारले २–२ मत ल्याएका छन् ।
सोमबार, १७ मङ्सिर २०८१, ११ : ४८
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना सुरु भएको छ । केहीबेर अघि वडा नम्बर १ र २ बाट मतगणना सुरु भएको हो ।
गौरीशंकर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो । गौरिशंकरमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबिच टक्कर देखिएको छ ।
सोमबार, १७ मङ्सिर २०८१, ११ : ४५
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर १ र १४ को मतगणना सकिएको छ । जसमा १ नम्बर वडामा माओवादी केन्द्रले ३०८ मत प्राप्त गर्दा एमाले– काँग्रेस गठबन्धनले २३६ मत प्राप्त गरेका छन । ८ मत बदर भएको छ ।
पुथाउत्तरङ्गा-१४ मा माओवादी केन्द्र ३०० मत पाउँदा एमाले– काँग्रेस गठबन्धनले २४० प्राप्त गरेको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले जानकारी दिए । बदर मत २९ भएको छ ।
सोमबार, १७ मङ्सिर २०८१, १० : ४८
काठमाडौँ । कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । केही बेरअघि सम्म मतगणना अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँले जितेका हुन् ।
सोमबार, १७ मङ्सिर २०८१, १० : ३९
सुर्खेत। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्।
उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।
यहाँ यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।
सोमबार, १७ मङ्सिर २०८१, १० : १८
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा कब्जा जमाएको छ । त्यसैगरी कपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ ।
त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
१.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
सोमबार, १७ मङ्सिर २०८१, १० : ०६
बुटवल । रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँमाको उपाध्यक्ष पदका लागि मतगणना सुरु भएको छ।
सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले सोमबार बिहान १० बजेदेखि मतगणना सुरु भएको रातोपाटीलाई बताए ।
१४ वटा वडा रहेका यो गाउँपालिका मतपेटिका ल्याउनका लागि समय लागेकाले बल्ल मतगणना सुरु गरेको उनले बताए । ११ हजार एक सय ८० जना मतदाता रहेको पुथामा ५ हजार ९ सय ३१ मत खसेको थियो ।
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ५४
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा उत्तरार्धतिर पुग्दा नेकपा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ । एमालेले वडा अध्यक्षमा ५ पद जित्दा माओवादी केन्द्रले पुथा उत्तरगंगा–२ मा सहित ६ स्थानमा जित हासिल गरेको छ ।
यसैगरी गाउँपालिका अध्यक्षमा एमाले र माओवादीले १–१ पदमा विजय हासिल गर्दा उपमेयर÷उपाध्यक्षमा पनि १–१ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
४४ स्थानका लागि तय भएको उपनिर्वाचन अन्तरगत आइतबार ४१ पदमा उपनिर्वाचन भएको थियो । तीन स्थानमा भने यसअघि नै उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भइसकेका थिए ।
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ५३
काठमाडौँ । आइतबार सम्पन्न ४१ स्थानीय तहको उपनिर्वाचन अन्र्तगत नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३५ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ६ स्थानको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी ६ स्थानमध्ये पाँच स्थानको मतगणना जारी छ । दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मत गणना केहीबेरमा सुरु हुने बताइएको छ ।
नतिजा आउन बाँकी स्थान
१.कीर्तिपुर नगरपालिका मेयर, काठमाडौँ