कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
पोखरा । गत वर्ष गण्डकी प्रदेश सरकारले कोरला नाकामा १० कोठे भवन निर्माण गर्यो । सोही भवनमा संघले अध्यागमन कार्यालय सञ्चालन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । तर उक्त भवनबाट अध्यागमन कार्यालय हटाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारलाई चेतावनी दिएका छन् । आफै सहभागी भएर कार्यालय उद्घाटन भएपनि पाण्डेले संघ र प्रदेश अबदेखि आ–आफ्नै बाटो हिड्ने बताएका हुन् ।
विहीबार प्रदेश विकास समस्या समाधान समितिको एघारौं बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘प्रदेश सरकारले आफ्नो इफिसेन्सी देखाउँछ । अब आ–आफ्नो बाटो लाग्ने हो । जति सकिन्छ, त्यति गर्ने हो । संविधानले सहकार्य भनेको छ, त्यो गर्ने । अरु चाहिँ आफ्नै बाटो हिड्ने ।’ संघले प्रदेशको सामथ्र्य नभएको भनेर खिसिट्युरी गरिरहेको छ । त्यसकै आधारमा अहिले सामाजिक मतभेद बढिरहेको छ । पाण्डेले कोरला नाकाबाट अध्यागमन कार्यालय सार्न संघलाई चेतावनी दिएका हुन् ।
‘प्रदेश सरकारबाट बनेको कोरोला नाकाको भवनमा संघ सरकारले अध्यागमन कार्यालय राखेको छ । संघले अर्को भवन बनाएर अध्यागमन कार्यालय सार्नुपर्छ । प्रदेश सरकारको भवनमा संघ सरकारको कार्यालय राख्न पाइँदैन,’ उनले भने, ‘मैले सबै भनिसकेको छु । सक्नुहुन्छ भने आफ्नै विल्डिङ बनाएर राख्नुपर्यो, सक्नुहुन्न भने हटाउनुपर्यो । हामीले बनाएको कार्यालयमा संघ सरकारलाई प्राथमिकता दिन सकिँदैन ।’ प्रदेशलाई खिसिट्युरी गर्ने संघले आफ्नै सामथ्र्य पुष्टि गर्नुपर्ने उनको चुनौति छ ।
‘इफिसेन्सीको कुरा उठिसकेपछि संघ सरकारको इफिसेन्सी पनि देखिनुपर्यो । नाकामा अध्यागमन, भिसा कार्यालय राख्न नसक्ने, अनि इफिसेन्सीको बारेमा अर्कालाई प्रश्न उठाउने ? यो गर्न मिल्दैन,’ पाण्डेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण