बंगलादेश हुँदै आयात हुने केही समानमा भारतले लगायो विशेष प्रतिबन्ध
आइतबार, ०४ जेठ २०८२, ११ : ५८
सारांश
- भारतले बङ्गलादेशबाट तयारी पोसाक र प्रशोधित खाद्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको छ।
- डीजीएफटीले जारी गरेको सूचनाअनुसार, यो प्रतिबन्ध तत्काल लागू हुनेछ।
ढाका । भारतले शनिबार बङ्गलादेशबाट आफ्ना बन्दरगाहहरू मार्फत तयारी पोसाक र प्रशोधित खाद्य वस्तुहरू सहित केही वस्तुहरूको आयातमा विशेष प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।
डीजएिफटीले लगाएको प्रतिबन्ध तत्काल लागू भएको बताइएको छ । यी प्रतिबन्धहरू अन्तर्गत अब कुनै पनि भूमि बन्दरगाहबाट बङ्गलादेशबाट तयारी पोसाक आयात गर्न अनुमति दिइने छैन । सूचनाअनुसार अब यो न्हावा शेवा बन्दरगाह र कोलकाता बन्दरगाह मार्फत मात्र अनुमति दिइनेछ ।
डीजीएफटीका अनुसार बङ्गलादेशबाट माछा, एलपीजी, कुचिएको ढुङ्गा र खाद्य तेलको आयातमा भने बन्दरगाह प्रतिबन्ध लागू हुनेछैन । मन्त्रालयका अनुसार यी बन्दरगाह प्रतिबन्धहरू भारत हुँदै नेपाल र भुटान जाने बङ्गलादेशी सामानहरूमा पनि लागू हुने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण