गरुडाको १३ औँ नगर अधिवेशनबाट सवा ६९ करोडको बजेट पारित
सारांश
- गरुडा नगरपालिकाको १३औँ अधिवेशनले ६९ करोडको बजेट पारित गर्यो। कार्यक्रमको उद्घाटन संघीय मामिला मन्त्री राजकुमार गुप्ताले गरे।
- मन्त्री गुप्ताले गरुडा नगरपालिकामा विभिन्न दलका प्रतिनिधि भए पनि नगरसभामा राम्रो सहकार्य भएको बताए, साथै भारतीय दूतावासमार्फत ३० करोडभन्दा बढीको योजना स्वीकृत गराएको जानकारी दिए।
- उपमेयर पुनम देवी चौधरीले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम समावेश छन्, जसमा पूर्वाधार विकास, स्वास्थ्य, र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ।
रौतहट । रौतहटको गरुडा नगरपालिकाको १३ औँ अधिवेशन सवाले ६९ करोडको नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नगर अधिवेशनको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले गरुडा नगरपालिकामा मेयर एमाले, उपमेयर कांग्रेस, वडा अध्यक्ष विभिन्न दलको भएपनि नगरसभामा कुनै कतैबाट विरोध नसुनिनु राम्रो पक्ष भएको बताए। मन्त्री गुप्ताले भारतीय दूतावास मार्फत गरुडा नगरपालिकामा ३० करोड भन्दा बढीको योजना स्वीकृत गराएको बताए।
गरुडा नगरपालिकाकी उपमेयर पुनम देवी चौधरीले सवा ६९ करोडको बजेट प्रस्तुत गरेकी थिइन्। चौधरीले कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन्। गरुडा नगरपालिकाको १३ औँ नगरसभा तथा ९ औँ बजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२–०८३ का लागि नीति तथा कार्यक्रममार्फत उक्त बजेट प्रस्तुत गरेको थियो ।
नीति अनुसार नगरपालिकाको कुल अनुमानित आम्दानी ७४ करोड ८८ लाख ८६ हजार ३ सय ७९ रुपैयाँ रहने छ। यसमा संघ, प्रदेश सरकार तथा आन्तरिक आम्दानी स्रोतबाट रकम प्राप्त हुने उल्लेख छ। चालू खर्चतर्फ ५७ प्रतिशत र पुँजीगततर्फ ४३ प्रतिशत विनियोजन गरिने जनाइएको छ।
नगरसभामा मेयर कन्थमणि जैसवालले वातावरण व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन, महामारी तथा बिपद् व्यवस्थापन, सडक पुल तथा यातायात, सूचना संचार तथा प्रविधि, युवा खेलकुद तथा कला, पूर्वाधार तथा सहरी विकास क्षेत्र, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सामाजिक विकास लाई विशेष प्राथमिकतामा राखिएको मेयर जैसवालले जानकारी दिएका छन्। सार्वजनिक नीति तथा कार्यक्रममा कृषि, पशुपक्षी, माछा पालन, कृषिमा जोड, किसानमैत्री योजना ,उद्योग र लघु उद्यम विकास,पर्यटन र संस्कृति संरक्षण ,गरिबी निवारण र सहकारी ,कृषि, पशुपक्षी ,उद्योग, व्यापार, व्यवसाय ,पर्यटन तथा संस्कृति ,गरिबी न्यूनीकरण र सहकारी ,लघु उद्यम तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता राखिएको बताएका थिए।
समृद्ध गरुडा नगरपालिका बनाउन नयाँ–नयाँ योजना ल्याएको मेयर जैसवालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण