नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगरको साउन १० मा अधिवेशन हुने
सारांश
- विराटनगर महानगर कमिटीको बैठकले साउन १० गते प्रथम अधिवेशन गर्ने निर्णय गर्यो, असार २८ गते प्रतिनिधि चयन हुनेछ।
- बैठकमा पार्टी सुदृढीकरण, आगामी कार्ययोजना र विभिन्न उपसमिति गठनबारे छलफल भयो, जसले अधिवेशनको तयारी गर्नेछ।
- नेताहरूले समसामयिक राजनीतिक अवस्था, आर्थिक असमानता, भ्रष्टाचार र पार्टीको दृष्टिकोणबारे धारणा राखे, अधिवेशनलाई पुनर्जागरणको अवसरको रूपमा लिनुपर्नेमा जोड दिए।
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले साउन १० गते विराटनगर महानगर कमिटीको प्रथम अधिवेशन गर्ने निर्णय गरेको छ भने अधिवेशनका लागि प्रतिनिधि चयन कार्यक्रम असार २८ गते सञ्चालन गरिने भएको छ।
पार्टीको सांगठानिक सुदृढीकरण, अधिवेशन तयारी तथा आगामी कार्ययोजनाका विषयमा छलफल भएको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचार समिति, आर्थिक समिति लगायतका विभिन्न उपसमितिहरू गठन गरेको छ। यी समितिहरू अधिवेशनको तयारी, जनसम्पर्क विस्तार र व्यवस्थापन पक्ष सुदृढ गर्नका लागि क्रियाशील रहने जनाइएको छ।
बैठकमा पार्टी पोलिटिकल ब्युरो सदस्य महेश रेग्मीले समसामयिक राजनीतिक अवस्था, सांगठानिक पुनर्संरचना र समाजवादप्रतिको पार्टीको दृष्टिकोणबारे धारणा राख्दै बढ्दो आर्थिक असमानता, भ्रष्टाचार र जनविरोधी नीतिको सशक्त विकल्प दिन पार्टी अग्रसर हुनुपर्नेमा जोड दिए । उनले अधिवेशनलाई केवल औपचारिक प्रक्रिया नभई सांगठानिक पुनर्जागरणको ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने सुझाव दिए ।
मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रवीर राईले देशको राजनीतिक अवस्था अन्योलपूर्ण र जनविमुख रहेको टिप्पणी गर्दै दलहरूबीचको सत्ता संघर्षले जनतामा निराशा बढाएको भन्दै पार्टीले जनआकांक्षाको प्रतिनिधित्व गर्नुपर्ने धारणा राखे । सांगठानिक स्तरमा विचार, संरचना र कार्यशैलीमा रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै उनले अधिवेशनलाई त्यसतर्फको ठोस कदमको रूपमा लिने बताए ।
प्रदेश सचिवालय सदस्य डा.उद्वव पोखरेलले पार्टीभित्रको सांगठानिक एकता, कार्यकर्ताबीचको विश्वास र वैचारिक स्पष्टताको खाँचो औंल्याउँदै अधिवेशनलाई सामूहिक सोच र दीर्घकालीन दिशानिर्देश तय गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकले ७५ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा बिरेन्द्र यादव र सदस्य सचिवमा मिरा दाहाल चयन भएका छन् ।
बैठकमा पार्टीका प्रदेश, जिल्ला, महानगर र वडा तहका प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो। पार्टीले आसन्न अधिवेशनलाई सांगठानिक पुनर्जागरण, जनसम्पर्क विस्तार तथा वैचारिक स्पष्टिकरणको ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण