सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवलदारसम्म २ हजार १ सय ९६ जनाको बढुवा
सारांश
- सशस्त्र प्रहरी बलले एक महिनामा २,१९६ जनाको बढुवा गरेको छ।
- बढुवा हुनेमा वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवलदारसम्मका छन्।
- बढुवाको लागि फारम भर्न सूचना जारी गरिएको थियो, र अन्य पदहरूमा पनि छिट्टै बढुवा हुनेछ।
काठमाडौँ । करिब १ महिनाको बिचमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म २ हजार १ सय ९६ जनाको बढुवा गरेको छ ।
बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन् ।
त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन् ।
मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदार, हवलदार र सहायक हवलदार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो ।
बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण