मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारमा डुबेको र छाडातन्त्र बढेको बताए ।
- उनले विदेशी हस्तक्षेप र धर्म परिवर्तन बढेको भन्दै राजसंस्था आवश्यक रहेको बताए ।
- थापाले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षणका लागि राजसंस्था आवश्यक रहेको उल्लेख गरे ।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको दाबी गर्दै छाडातन्त्र रोक्नका लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताएका छन् ।
पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा बुधवार राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे ।
उनले मुलुक अभिभावक विहीन भएको चर्चा गर्दै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए । अहिले कसैको डरभर नभएकोले राष्ट्रद्रोही कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो ।
धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा थापाले चिन्ता प्रकट गरे । यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको स्पष्टोक्ति थियो । उनले थपे, 'राष्ट्रिय एकता, अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि राजसंस्था हामीहरूको आस्था र विश्वास सहितको वैचारिक अवधारणा हाे ।'
कार्यक्रममा पार्टीका नेताहरु डाक्टर बिष्णु भण्डारी, केशबराज श्रेष्ठ , अन्जना शाह रावल र जिबछ मिश्रले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण