राष्ट्रियसभामा उठ्यो ‘कुलिङ पिरियड’ मा गडबडीको विषय
सारांश
- राष्ट्रिय सभामा सांसदहरूले निजामती सेवा विधेयकको 'कुलिङ पिरियड' मा भएको गडबडीबारे छानबिनको माग गरेका छन्।
- सांसदहरूले कुलिङ पिरियडमा भएको बदमासीले संसदीय व्यवस्थाको उपहास भएको भन्दै कारबाहीको माग गरेका हुन्।
- विधेयक प्रस्तुत भएको लामो समयसम्म पढ्न नपाएको भन्दै सांसदहरूले शंका व्यक्त गरेका छन्।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको ‘कुलिङ पिरियड’ माथि भएको गडबडीको विषय राष्ट्रियसभा बैठकमा पनि उठेको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले कुलिङ पिरियडमा बदमासी गर्ने कार्यले संसदीय व्यवस्थाको उपहास भएको भन्दै छानबिन गरी कडा कारबाही गर्न माग गरेका हुन् ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडको सम्बन्धमा शून्य समयमा बोल्ने गंगाकुमारी बेलबासे, गोपीबहादुर सार्की अछामी, डा.बेदुराम भुसाल र मृगेन्द्रकुमार सिंह यादवले उठाएका हुन् ।
सांसद बेलबासेले कुलिङ पिरियडको सम्बन्धमा घटेको घटनाले देश तरङ्गित बनाएको बताइन् । उनले भनिन्, ‘कुलिङ पिरियडको प्रतिनिधिसभामा जे घटना घट्यो यसले देश तरङ्गित भएको छ । यस सम्बन्धमा छानबिन समिति बनोस् । गल्ती गर्नेलाई कारबाही होस् ।’
सांसद अछामीले राष्ट्रियसभामा असार १८ गते पेस भएको सङ्घीय निजामती विधेयक अझै आफूहरूलाई पढ्न नदिइएकाले कतै बदमासी गर्न लागिएको त होइन भन्दै आशङ्का व्यक्त गरे । उनले भने, ‘ राष्ट्रियसभामा प्रतिनिधिसभाको सन्देशसहित असार १८ गते पेस भएको निजामती विधेयक हामीले अझै पढ्न पाएका छैनौँ । किन पढ्नका लागि उपलब्ध गराइएको छैन । कतै बदमासी त हुँदैछैन ।’
सांसद डा.भुसाल पेस भएको तीन दिनसम्म पढ्न नपाउनुले कतै निजामती विधेयक गायब गर्न लागिएको त होइन भन्ने आशङ्का व्यक्त गरे । उनले भने, ‘सङ्घीय निजामती सेवा विधेयक असार १८ गते पेस भए पनि अहिलेसम्म किन वितरण गरिएको छैन ? गायब पार्न खजियो कि भन्ने आशङ्का छ ।’
सांसद यादवले निजामती ऐनमा कुलिङमा चलखेल जालझेल गरी प्रतिवेदन आउनु संसदीय व्यवस्थाको उपहास भएको बताए । उनले कुकृत्य गर्नेलाई छानबिन गरी कडा कारबाही गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण