बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
सारांश
- भारतको बिहारमा १३ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छिन्।
- शौचालय गएको बेला स्थानीय व्यक्तिले बालिकालाई फकाएर बगैंचामा लगेर बलात्कार गरे।
- प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको छ।
बिहार । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् ।
डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन । यद्यपि उनी परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएको बताइएको छ ।
शौचालयका लागि बाहिर गएको समयमा उनलाई स्थानीय केही व्यक्तिले फकाएर नजिकैको बगैँचासम्म लगेको र एकान्तमा पुगिसकेपछि छुरा देखाएर डराइ–धम्क्याइ बलात्कार गरिएको प्रहरीलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
बालिकाले साँझ परिवारका सदस्यलाई घटनाबारे बताएकी थिइन् । आरोपितहरूसँग घटनाबारे बुझ्न खोज्दा उल्टै मारपिट गरिएको पीडित परिवारको आरोप छ ।
घटनाबारे जानकारी पाएपछि राति प्रहरीले पीडित परिवारलाई प्रहरी थानामै लगेर उजुरी दिन लगाएको थियो । सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।
यी आरोपित सबै फरार रहेको र उनीहरूको खोजतलास भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण