मोर्चाले साउन १८ गते काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने
सारांश
- सात दलीय मोर्चाले साउन १८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
- यो अन्तरक्रिया काठमाडौँबाट सुरु भई सातै प्रदेशमा आयोजना हुनेछ ।
- कार्यक्रममा भूमि विधेयक, संविधान संशोधन लगायतका विषयमा छलफल हुनेछ ।
काठमाडौँ । सात दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाले साउन १८ गते काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौँबाट सुरु हुने अन्तरक्रिया सात वटै प्रदेशमा गर्ने तय भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए । काठमाडौँमा साउन १८ गते हुने कार्यक्रमको तयारीमा मोर्चा जुटेको बताउँदै उनले त्यसको तयारीका लागि भोलि शनिवार मोर्चाको बैठक बोलाएको बताए ।
बैठकमा मोर्चामा आबद्ध दलका जिल्ला अध्यक्षहरूलाई पनि बोलाइएको छ । कार्यक्रम सफल बनाउनका लागि मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने उनले बताए । अन्तरक्रियामा भूमि विधेयक, संविधान संशोधनलगायतका विषयमा छलफल हुने बताए ।
भोलिको बैठकले मोर्चामा आबद्ध दलहरूलाई कार्यक्रमको जिम्मेवारी बाँडफाँड समेत गरिनेछ ।
काठमाडौँपछि लुम्बिनी प्रदेशको भैरहवामा साउन २१, नेपालगन्जमा २३ गते, सुदूरपश्चिम प्रदेशको कैलालीमा २५ गते, कोशी प्रदेशको विराटनगरमा भदौ १६ गते, मधेस प्रदेशको राजविराजमा १८, जनकपुरमा २० र वीरगन्जमा २२ गते कार्यक्रम तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण