बीवाइडीको नयाँ मोडल सिलायन सेभेन नेपालमा, यस्तो छ आकर्षक फिचर
सारांश
- बीवाइडीको नयाँ गाडी सिलायन सेभेन नेपालमा सार्वजनिक भयो।
- गाडीको बुकिङ असार २० गतेदेखि खुलाइएको थियो र ७२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ।
- यो एसयूभी डीपल एस ०७, महिन्द्रा बीड़ ६, र अन्यसँग प्रतिस्पर्धा गर्नेछ, जसमा ४४० किलोमिटर रेन्ज छ।
काठमाडौँ । बीवाइडीको नयाँ गाडी सिलायन सेभेन नेपालमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरेको छ । साइमेक्स कम्पनीले गाडीको बुकिङ असार २० गतेदेखि खुलाएकामा बिहीबारबाट बेच्न सुरु गरेको छ । कम्पनीले गाडीको ‘अर्ली बर्ड अफर’ स्वरूप ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
तर, गाडीको खास मूल्य ७४ लाख ९९ हजार रुपैयाँ हो ।

कम्पनीले गत वर्ष अटो नाडा सोमा प्रदर्शनी सुरु गरेको थियो । सिलायन सेभेनले बजारमा डीपल एस ०७, महिन्द्रा बीड़ ६, एक्सयूभी ९ ई र लीपमोटर सी १० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ।
सिलायन सेभेन ४.८ मिटर लामो एसयूभी भएको गाडीको एक सय किलोवाटको मोटर पावर रहँदा ७१.८ किलोवाट आवर (युनिट) ब्याट्री प्याक छ । गाडीमा एक पटक चार्ज गरेमा गाडीले ४४० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर छ ।
पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल का प्ले ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट गाडीका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण