बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
सारांश
- बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा प्रदेशलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरे ।
- प्रदेशका १३ वटै जिल्लाहरूले १६ देखि २३ महिनासम्मका बालबालिकाहरूलाई खोप लगाएका थिए।
भक्तपुर । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘मिति २०८२ असार ३० गतेसम्ममा बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरी राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई आज मिति २०८२ साउन १६ गते शुक्रवारका दिन पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दछु ।’
२०८२ असार ३० गतेसम्ममा बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू लगाएका थिए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण