'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति खतिवडा नैतिक जिम्मेवार
सारांश
- संघीय निजामती सेवा विधेयकको प्रतिवेदनको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ।
- समितिले उच्च पदस्थ कर्मचारीको आचरण पदअनुकूल नभएको र सभापति खतिवडा र सचिव दुराको हस्ताक्षर रहेको जनाएको छ।
- छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश गर्ने तयारी छ।
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।
संसदीय छानबिन विशेष समितिले उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । उच्च पदस्थ कर्मचारीले पद अनुकूलको आचरण गरेको भए निजामती विधेयकको प्रतिवेदन लेखनमा त्रुटि नहुने समितिको बुझाइ छ ।
समितिले राज्य व्यवस्था समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर रहेको भन्दै छानबिन प्रतिवेदनमा नाम किटान गरेको छ ।
‘राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने बेहोरा उल्लेख गरेर छानबिन प्रतिवेदन पास भएको छ । प्रतिवेदनमा हस्ताक्षर भएकाले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज कुमार दुराको नाम किटान गरिएको छ’ समितिका एक सदस्यले रातोपाटीसँग भने ।
यसैगरी मुख्यसचिव र कर्मचारीहरूको हकमा पदीय आचरण अनुरूप काम नगरेको भनिए पनि प्रतिवेदनमा नाम किटान नगरिएको स्रोतले बतायो ।
समिति सदस्य एवम् नेकपा एमालेका सांसद नारायण आचार्यले प्रतिवेदन सर्वसम्मत पास भएको बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक जेठ २ गते पास भएको थियो । समितिबाट पास भएको एक महिनापछि असार १ गते प्रतिनिधि सभामा छलफल गरिएको थियो । सभाले असार १५ मा निजामती विधेयक पारित गरेको थियो ।
छानबिन विशेष समितिको प्रतिवेदन आज प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण