सार्वजनिक जग्गा बिक्री : विपक्षीको नाममा लिखित जवाफ पेस गर्न उच्चको आदेश
सारांश
- बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जमा बुद्धमूर्ति राखिएको जग्गा बिक्रीविरुद्धको मुद्दामा अदालतले लिखित जवाफ माग गरेको छ।
- अदालतले उक्त जग्गा सार्वजनिक भएको ठहर गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई अन्तरिम आदेश दिएको छ।
- स्थानीय दिवाकर पौडेलले बुद्ध मन्दिरसमेत बनाएर संरक्षण गरिएको जग्गा बिक्री गरेको भन्दै रोक्न रिट निवेदन दिएका थिए।
बुटवल । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा बुद्धमूर्ति राखिएको सार्वजनिक जग्गा बिक्रीविरुद्ध जनशक्ति टोल विकास समितिले दायर गरेको मुद्दामा अदालतले विपक्षीहरू बुटवल उपमहानगर, दुर्गा अर्घेली, भूमिका सोमै सहितलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय रमेश ढकाल र सागर विष्टको संयुक्त इजलासले व्यक्तिका नाममा बिक्री भएको उक्त एक कट्ठा जग्गा सार्वजनिक भएको ठहर गर्दै विपक्षीलाई यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न अन्तरिम आदेश दिएका हुन् ।
२०६८ साल असार ७ गते तत्कालीन मोतीपुर गाउँ विकास समितिले उक्त स्थानको एक कट्ठा जग्गामा बुद्ध मूर्ति स्थापना गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा त्यहाँको बुद्ध पथमा रहेको जग्गा संरक्षण गरी पर्खाल लगाएर बुद्धको मूर्ति स्थापना गरी लामो समयदेखि संरक्षण हुँदै आएको थियो । तर केही कारोबारीहरूले अनधिकृत रूपमा उक्त जग्गा दुई महिलालाई बेचेको पत्ता लागेपछि संरक्षणका लागि स्थानीय दिवाकर पौडेल अदालत पुगेका थिए ।
बुटवल–१७ रानीगञ्जको जनशक्ति टोल विकास संस्थाका पौडेलले समुदायले बुद्ध मन्दिरसमेत बनाएर संरक्षण गरिराखेको जग्गा बिक्री गरेको र भवन निर्माण गरेको भन्दै रोक्न निषेधाज्ञा माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।
उक्त मुद्दामा आदलतले सार्वजनिक जग्गा बिक्री गर्न नपाइने, कसैले कब्जा गर्न नपाइने, संरचना निर्माण गर्न रोक लगाउनुपर्ने र निर्माण भएको भए भत्काउनुपर्ने कानुनी व्यवस्था रहेको रायसहित विपक्षीसँग लिखित जवाफ मागेका छ ।
‘रिट निवेदनमा उल्लेखित जग्गा नेपाल सरकारको नाउँमा रहेको र २०७३ वैशाख २९ गतेको निर्णयबाट औद्योगिक क्षेत्र व्यवस्थापनलाई प्रदान गरिएको देखिन्छ । जग्गा नापजाँच ऐन २०१९ को दफा २ मालपोत ऐन २०३४ को दफा २ को खण्ड ख २ र ख ३, मुलुकी देवानी संहिता २०७४ का २९९ र ३०० एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा १० को उपदफा ९२० समेतका प्रचलित कानुनी व्यवस्थाहरूको उक्त जग्गा सरकारीरसार्वजनिक जग्गाको परिभाषाभित्र पर्ने विषयमा कुनै विवाद हुन सक्दैन’, आदेशमा भनिएको छ ।
आदेशमा सार्वजनिक जग्गाको संरक्षणको विषय अत्यन्तै संवेदनशील रहेको र उक्त कित्ता नम्बर ४७ को सरकारी जग्गाको संरक्षण गर्ने दायित्व बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समेत रहेको उल्लेख छ ।
उक्त मुद्दामा रिट निवेदकको पक्षबाट अधिवक्ता विमल गिरी र अनुप पोखरेल, विपक्षीका तर्फबाट अधिवक्ता घनश्याम पन्तले बहस गरेका थिए ।अभिवक्ता विमल गिरीले बुटवल यसरी सार्वजनिक जग्गा हड्पने प्रवृत्तिमा कम आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण