शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रुपन्देहीबाट रविको स्थानान्तरण, नेपाल आउँदै मिस्री

शनिबार, ३१ साउन २०८२, २२ : ००
शनिबार, ३१ साउन २०८२

सारांश

  • रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गरियो, कार्यकर्ताको नाराबाजीका बीच उनलाई नख्खु कारागार लगियो।
  • भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने कार्यक्रम छ।
  • बाढीपहिरोका कारण ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने १४२ स्थानमा एकतर्फी आवागमन भइरहेको छ।

काठमाडौँ । आज मिति २०८२ साल साउन महिनाको ३१ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–

  • रविको सरुवा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। लामिछानेलाई बुद्ध एयरको विमानबाट शनिबार दिउँसो भैरहवाबाट काठमाडौँ ल्याइएको हो ।

  • बागमती प्रदेश 

बागमती प्रदेश सभाको दोस्रो कार्यकाल आधा समय कट्दासम्म तीन वटा सरकार बनिसकेको छ । २०७९ को निर्वाचनपछि माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सरकारको नेतृत्व गरेका थिए । उनले २०७९ पुस २५ मा एमाले–माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरे । केही समयमै गठबन्धनको समीकरण परिवर्तन भयो ।

  • मिस्री नेपाल आउने

भारतका विदेश सचिव विक्रम मिस्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ ।

  • स्वास्थ्य

वयस्कहरूको खानपान र पोषणको बारेमा किस्ट अस्पतालमा कार्यरत डाइटिसियन मनोज भट्टराईसँगको कुराकानी  :

नेपाल परिवार नियोजन सङ्घकी नर्सिङ इन्चार्ज बबी विष्टसँगको कुराकानी :

  • आन्तरिक द्वन्द्वको भूमरी

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको स्वार्थका कारण नेपाल विद्युत् प्राधिकरण अहिले गम्भीर आन्तरिक द्वन्द्वको भूमरीमा फसेको छ । नेपालका सार्वजनिक संस्थामध्ये सबैभन्दा राम्रो मुनाफा कमाएको संस्था पछिल्लो एक वर्षदेखि मन्त्री र प्राधिकरण नेतृत्वबिचको स्वार्थको टकरावले विवादमा रहँदै आएको छ । 

  • पहिलो प्रस्रव

भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका पुस्तक–पुस्तिकाको संख्या २९२ पुगेको छ । ‘भद्रकुमारी घले सेवा सदन’ले पछिल्लो समय (२०७९ वैशाख) मा भद्रकुमारीका केही कृति प्रकाशन गरेको छ— वृद्धाबोध कवितासंग्रह, भजनसंग्रह, आत्मपरक निबन्ध संग्रह आदि । ती कृतिको अन्तिम पृष्ठतिर घलेका २९२ कृतिका सूची दिएर विज्ञापन गरिएको छ— यी सम्पूर्ण पुस्तकका लागि सम्पर्क : भीमार्जनु घले स्मृति पुस्तकालय, भद्रकुमारी घले सेवा सदन, देवीनगर काठमाडौँ ।

  • बाढीपहिरो

देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोका कारण ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १४२ स्थानमा एकतर्फी आवागमन भइरहेको सडक विभागले जनाएको छ।

  • खेलकुद

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यसअघि, पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

एड्रिआनो लेइट रिबेइरो - जसलाई छोटकरीमा एड्रिआनो भनेर चिनिन्छ - फुटबल प्रशंसकहरूको एक निश्चित पुस्ताका लागि अन्तिम ‘कल्ट हिरो’ मानिन्छन्। पेलेको गौरवशाली युगदेखि हालको नेयमार-नेतृत्वको युगसम्म, ब्राजिलले आफ्नो इतिहासमा प्रतिभाशाली आक्रामक खेलाडीहरूको अनन्त शृङ्खला उत्पादन गरेको छ। तर एड्रिआनो एक विशेष अध्याय थिए।

सुदूरपश्चिममा ठुला चाडपर्वको रौनक सुरु भएसँगै गाउँ–गाउँमा भलिबलको उत्साह पनि बढ्छ । कैलाली, कञ्चनपुर, बझाङ, अछाम, डोटी, डडेल्धुरा लगायतका जिल्लामा विभिन्न मेला र पर्वको अवसर पारेर स्थानीय क्लब तथा पालिकाहरूको सहयोगमा भलिबल प्रतियोगिता आयोजना गरिन्छ ।

  • फोटोफिचर

आजका फोटोफिचर :

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्रीहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप