लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हो : महेश बर्तौला
सारांश
- एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताएको छ।
- एमाले प्रमुख सचेतक महेश बर्तौलालले भारत र चीनबीचको सम्झौताको विरोध गरे।
- बर्तौलालले नेपालको भूमिमा नेपालको स्वीकृति बिना व्यापार सम्झौता भएकोमा आपत्ति जनाए।
काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलालले भारत र चीनबिच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको विरोध गर्ने बताएका हुन् ।
‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ,’ बर्तौलाले भने, ‘एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छ । भूगोल र जनसङ्ख्याको हिसाबले देशहरू सानोठुलो हुनसक्ने भए पनि देशको स्वाधीनताको हिसाबले सानोठुलो हुँदैनन् ।’
नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने बताए । बर्तौलाले उच्चस्तरको कूटनीतिक संवादबाट यो विषयको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण