ला लिगाः बार्सिलोनाको रोमाञ्चक जित, लेभान्ते ३-२ ले पराजित
सारांश
- बार्सिलोनाले लेभान्तेलाई ३-२ गोलले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्यो।
- लेभान्तेले सुरुमा २-० को अग्रता लिए पनि बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्यो।
- खेलको अन्तिम मिनेटमा लेभान्तेका खेलाडीको आत्मघाती गोलले बार्सिलोनालाई जित दिलायो।
काठमाडौँ। ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले लेभान्तेलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
खेलको सुरुवातमै लेभान्तेले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लियो। १५औँ मिनेटमा इभान रोमेरोले पहिलो गोल गरे भने थपिएको समय (४५+७ मिनेट) मा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत अर्को गोल गर्दै लेभान्तेलाई २–० को अग्रता दिलाए।
तर दोस्रो हाफमा बार्सिलोना बलियो बनेर फर्कियो। ४९औँ मिनेटमा पेड्रीले पहिलो गोल गर्दै अन्तर घटाए। त्यसपछि ५२औँ मिनेटमा फेरान टोरेसले राफिन्हाको कार्नरबाट गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको अन्तिम समयसम्म दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे तर थपिएको समयको पहिलो मिनेटमा लेभान्तेका उनाइ एल्गेजाबलको आत्मघाती गोलले बार्सिलोनालाई नाटकीय जित दिलायो।
यो जितसँगै बार्सिलोनाले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ। अब लेभान्ते अर्को खेलमा एल्चेसँग भिड्नेछ भने बार्सिलोना रायो भालेकानोलाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण