अन्ततः लिभरपुल आउने भए इसाक
सोमबार, १६ भदौ २०८२, ०७ : ००
सारांश
- लिभरपुलले न्युक्यासल युनाइटेडबाट एलेक्जान्डर इसाकलाई १२५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति जनाएको छ।
- स्विडिस खेलाडी इसाक लिभरपुलमा अनुबन्धित हुन लागेका हुन्, सोमबार उनको स्वास्थ्य परीक्षण हुनेछ ।
- यसअघि लिभरपुलले ११० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो, तर न्युक्यासलले अस्वीकार गरेको थियो।
एनफिल्ड । इङ्लिस क्लब लिभरपुलले न्युक्यासल युनाइटेडसँग स्ट्राइकर एलेक्जान्डर इसाकलाई १२५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सहमति गरेको छ ।
बीबीसी स्पोर्टलाई स्रोतहरूले दिएको जानकारीअनुसार स्विडिस अन्तर्राष्ट्रिय खेलाडी इसाक एनफिल्ड क्लबमा आबद्ध हुने सम्झौता सम्पन्न भएको छ । सोमबार उनको स्वास्थ्य परीक्षण (मेडिकल) गराइनेछ र त्यसपछि उनले लिभरपुलसँग ६ वर्षे करारमा हस्ताक्षर गर्नेछन् ।
यसअघि यसै महिना लिभरपुलले ११० मिलियन पाउन्डको प्रस्ताव पेस गरेको थियो, तर न्युक्यासलले अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण