अमेरिकाबाट थप ३७ नेपाली निष्कासित
मङ्गलबार, १७ भदौ २०८२, २१ : ३२
सारांश
- अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् र उनीहरू केही दिनमा काठमाडौँ आइपुग्ने छन्।
- अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि २१५ जना नेपाली निष्कासनमा परेका छन्।
- निष्कासनमा परेका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोह विरुद्ध मानव बेचबिखन ब्युरोमा जाहेरी दिएका छन्।
काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
ती अधिकृत भन्छन्, ‘थप ३७ जना निष्कासनमा परेका सूचना आएको छ, उनीहरू कहिले नेपाल आउँछन् भन्ने यकिन छैन ।’
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म २१५ जना नेपाली निष्कासनमा परेका छन् ।
निष्कासनमा परेका आएका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोह विरुद्ध प्रहरीको मानव बेचबिखन ब्युरोमा जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण