तस्बिरमा हेर्नुहोस् एक महिनादेखि पहिरोमा पुरिएको अरनिको राजमार्ग
सारांश
- सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
- राजमार्ग बन्द हुँदा चीनसँगको व्यापारिक नाकातर्फ जाने कन्टेनरहरू बाटोमै रोकिएका छन्, जसले गर्दा फलफूल र तरकारी बोकेका गाडीका सामान बिग्रिन थालेका छन्।
- सडक खुलाउन प्रयास जारी रहे पनि पहिरो निरन्तर खसिरहेका कारण तत्काल सडक सञ्चालनमा आउन कठिन छ।
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, इको क्षेत्रमा साउन १८ गते खसेको ठुलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन ।
बिचमा करिब चार दिन मात्रै यातायात आंशिक रूपमा खुलेको थियो, तर पुन वर्षा बढेपछि राजमार्ग फेरि बन्द भएको हो । हालसम्म करिब २५० मिटर सडक प्रभावित छ जसमा ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।
_Kgu8uRCgEx.jpg)
चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग बन्द हुँदा कन्टेनर गाडीहरू बाटोमै अड्किएका छन् । विशेष गरी फलफूल र तरकारी बोकेका गाडीका सामान कुहिन थालेका कारण व्यापारीहरू मारमा परेका छन् । केही व्यवसायीहरूले भने भरियाको भरमा सामान लैजान थालेका छन् ।
_9p1sQLgf0r.jpg)
सडक डिभिजन, स्थानीय सरकार र सुरक्षा निकायबिच अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सहज रूपमा खोल्न कठिन देखिएको छ ।
_6VSkXpQPXa.jpg)
_fH4itnGnNj.jpg)
_V8B9deHZbm.jpg)
_zVMgenMebF.jpg)
_2N48kM8G9N.jpg)
_3Dn67uhEgJ.jpg)
_AFDsNwdbSt.jpg)
_BMzcIH5GNQ.jpg)
_JzdXvrG3tw.jpg)
_BDrFbtx9zc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण