एट्लेटिको मड्रिडमाथि लिभरपुलको ३-२ को जित
सारांश
- च्याम्पियन्स लिगमा लिभरपुलले एट्लेटिको माड्रिडलाई ३-२ गोलले पराजित गर्यो।
- लिभरपुलका लागि रोबर्टसन, सालाह र भान डाइकले गोल गरे।
- एट्लेटिकोका लोरेन्टेले २ गोल गरे तापनि टोलीले हार बेहोर्यो।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ३-२ ले पराजित गरेको छ।
खेलको सुरुवातमै लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। ४ औँ मिनेटमा एन्ड्र्यु रोबर्टसनले गोल गरे भने ६ औँ मिनेटमै मोहम्मद सालाहले अर्को गोल थपे।
तर, पहिलो हाफको इन्जुरी समयमा समयमा मार्कोस लोरेन्टेले एट्लेटिकोका लागि गोल गर्दै खेललाई २-१ मा झारे।
दोस्रो हाफमा पनि एट्लेटिकोले आक्रमणलाई तीव्र पार्दै ८१ औँ मिनेटमा पुनः मार्कोस लोरेन्टेले गोल गर्दै बराबरीको सम्भावना जगाए।
तर, खेलको निर्धारित ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा भर्जिल भान डाइकले निर्णायक गोल गर्दै लिभरपुललाई ३-२ को रोमाञ्चक जित दिलाए।
यससँगै समूह चरणको पहिलो खेलमै लिभरपुलले महत्त्वपूर्ण जित हात पारेको छ भने एट्लेटिको मड्रिडले भने हारसहित प्रतियोगिता सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण