जेनजी आन्दोलनको प्रभाव : नाउपा, जनमत र रास्वपामा नेतृत्व र नीतिमाथि प्रश्न
सारांश
- जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा आन्तरिक कलह सुरु भएको छ, जसले साना दलहरूमा विभाजन निम्त्याएको छ।
- रास्वपाका रवि लामिछानेको जेलबाट रिहाइ र पुन: जेल फिर्तीपछि पार्टीभित्र असन्तुष्टि बढ्यो, जसले नेतृ सुमना श्रेष्ठको राजीनामा गरायो।
- जनमत पार्टीमा नेतृत्व परिवर्तनको माग र नागरिक उन्मुक्ति पार्टीमा विभाजन देखिएको छ, जसले नयाँ दलहरूको गठनको संकेत गर्यो।
काठमाडौँ। भर्खरै सम्पन्न जेनजी आन्दोलनले केही राजनीतिक दलका नेताहरूको घर तथा पार्टी कार्यालयमा तोडफोड भए पनि त्यसले विशेष गरी साना दलहरूभित्र आन्तरिक कलह निम्त्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीभित्र नीति र नेतृत्वबारे प्रश्न उठ्न थालेको हो ।
जेनजी आन्दोलनबाट उत्साहित भएर नख्खु जेलबाट बाहिर निस्केका रास्वपाका सभापति रवि लामिछानेको कदम र त्यसपछिको परिस्थितिबाट पार्टीभित्र असन्तुष्टि बढेको हो। पार्टीका नेताहरुले उनको आगमनबाट उत्सािहत हुँदै ‘सिंह फर्कियो’ भन्दै पोस्ट गरेका थिए ।
तर, जेनजी युवाहरूले लामिछाने जेलबाट बाहिरिएकोमा विरोध गरेका थिए । पार्टीभित्र समेत यसबारे आलोचना भएपछि लामिछाने पुनः जेल फर्किए ।
यही कारण देखाउँदै नेतृ सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आन्दोलनले माग गरेअनुरूप राजनीतिक दलहरूमा पनि रूपान्तरण आवश्यक रहेको भन्दै चार बुँदे प्रस्ताव प्रस्तुत गरेकी छन्।
यसैगरी, जनमत पार्टीमा पनि नेतृत्व परिवर्तनको माग गर्दै उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा छवटा नेताले विद्रोह गरेका छन्। उनीहरूले अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका थिए।
यद्यपि, २४ घण्टा बित्न नपाउँदै ती नेताहरूले आफैँ पार्टीबाट राजीनामा दिएका छन्। नेता खानले नेपाल परिवर्तन उन्मुख भएकोले राजनीतिक दलहरू पनि यथास्थितिमा रहनु हुँदैन भन्दै आफ्नो पार्टीबाट रूपान्तरणको सुरुवात गरेको बताएका छन्।
यसैबिच, अध्यक्ष राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले राजीनामा नदिएपछि उनलाई स्पष्टीकरण सोधेका छन्।
यता, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखिएको छ। पार्टीका संरक्षक रेशम चौधरीले नाउपाबाट अलग्गिने घोषणा गर्दै नयाँ पार्टी 'नागरिक उन्मुक्ति पार्टी नेपाल' गठन गर्ने घोषणा गरेका छन्।
नाउपाकी अध्यक्ष श्रेष्ठले पद नछाड्दा पार्टीमा विवाद उत्पन्न भएको थियो र पटक-पटकको प्रयासपछि पनि श्रेष्ठलाई हटाउन नसकेपछि चौधरीले नयाँ दल बनाउने निर्णय गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण