शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: माओवादी केन्द्र पुनर्गठनको अध्यायमा, दसैँ यात्रामा बर्सेनिको सास्ती

मङ्गलबार, ०७ असोज २०८२, ०० : ००
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • दसैँ यात्रामा सडकको भर नहुँदा र हवाई भाडा दोब्बर हुँदा यात्रुहरूलाई सास्ती भएको छ।
  • माओवादी केन्द्रले पार्टी पुनर्गठनका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।
  • नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरे र मन्त्री घिसिङले विभिन्न संरचनाको निरीक्षण गरे।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१.  दसैँ यात्रामा बर्सेनिको सास्ती

सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ । 

२.  माओवादी केन्द्र पुनर्गठनको अध्यायमा

नेकपा माओवादी केन्द्रले पार्टी पुनर्गठन गर्ने उद्देश्यसहित वर्तमान केन्द्रीय समिति विघटन गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकमा राखेसँगै सो पार्टीका नेताहरू उत्साहित देखिएका छन् ।

३. कुन मन्त्रीको कस्तो प्राथमिकता ?

सोमबार नियुक्त चार मन्त्रीले शपथ ग्रहणपछि आ–आफ्नो मन्त्रालयमा पद बहाली गरेका छन् । यस क्रममा उनीहरूले विभिन्न निर्णयसमेत गरेका छन् ।

३. कुन मन्त्रीको कस्तो प्राथमिकता ?
सोमबार नियुक्त चार मन्त्रीले शपथ ग्रहणपछि आ–आफ्नो मन्त्रालयमा पद बहाली गरेका छन् । यस क्रममा उनीहरूले विभिन्न निर्णयसमेत गरेका छन् ।

४. सडक लगायतका संरचना निरीक्षणमा मन्त्री घिसिङ व्यस्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले सोमबार आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न संरचनाको निरीक्षण गरेका छन् । 

५. मन्त्रिपरिषदमा थपिए चार जना

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा सोमबार चार मन्त्री थपिएका छन् । चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

६. यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद ८ सदस्यीय भएको छ । यसअघि तीन मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले सोमबार थप चार मन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्रीहरू यसअघि आफ्नो पेसागत जीवनमा राम्रै छाप बनाएर रहेको पाइन्छ ।

७. देउवाको गर्दनमा लगाइएको टाँका चार दिनपछि काटिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ वटा टाँका चार दिनपछि काटिने भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि साङ्घातिक आक्रमण भएको थियो ।

८. झलनाथ पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था जटिल

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

 ९. मन्त्री बन्न राजीनामा दिएकी मिश्रा यता न उता ! 

मन्त्री बन्नका लागि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी संगीता कौशल मिश्रा अन्ततः यता न उताकी भएकी छन् । आइतबार मन्त्री बन्ने सूचीमा उनको नाम सामेल भएर राष्ट्रपति कार्यालयमा पठाइए पनि विवादित पृष्ठभूमि रहेको भन्दै चर्चा चल्न थालेपछि सोमबार उनको नाम काटेर अर्को सूची पठाइएको स्रोत बताउँछ । 

१०. मतदाता नामावली संकलनका लागि सरकारी निर्णय कुर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका सन्दर्भमा मतदाता नामावली संकलन गर्ने बाटो खुलाइदिन मागसहित सरकारलाई पत्राचार गरेको छ । 

११. जमरा राख्दै घटस्थापना मनाइयो, भित्रियो दसैँ

हिन्दु धर्मावलम्बीको महत्त्वूर्ण चाड दसैँ भित्रिएको छ । नवरात्रिको पहिलो दिन सोमबार दसैँ घर तथा पूजा कोठामा जमरा राख्दै घटस्थापना मनाइएको छ ।

१२. जेनजी आन्दोलनको असर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप