ला लिगा
रियल सोसिडाडलाई हराउँदै बार्सिलोना तालिकाको शीर्षस्थानमा
सोमबार, १३ असोज २०८२, ०० : ३०
सारांश
- बार्सिलोनाले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै ला लिगाको शीर्ष स्थान ओगट्यो।
- रियल सोसिडाडले अग्रता लिए पनि बार्सिलोनाका कोउन्डे र लेवान्डोस्कीले गोल फर्काए।
- बार्सिलोना ७ खेलबाट १९ अङ्क सहित लिगको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौँ। ला लिगाको खेलमा बार्सिलोनाले आइतबार घरेलु मैदानमा रियल सोसिडाडलाई २-१ ले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
खेलको ३१औँ मिनेटमा आल्भारो ओड्रिओजोला मार्फत पाहुना टोली रियल सोसिडाडले अग्रता लिएको थियो। तर ४३औँ मिनेटमा जुल्स कौन्डेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।
दोस्रो हाफमा ५९औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। लेवान्डोस्कीको उक्त गोल निर्णायक बन्न पुग्यो र खेल २-१ को नतिजासहित बार्सिलोनाले जित हात पार्यो।
यस जितसँगै बार्सिलोना ७ खेलबाट १९ अङ्क सहित तालिकाको स्थानमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण