रासफोर्डको लालिगामा पहिलाे गोल, बार्सिलोनाको लज्जास्पद हार
सारांश
- सेभियाले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गर्यो।
- सेभियाका लागि एलेक्सिस सान्चेज, आइसाक रोमेरो, होसे एन्जेल कार्मोना र अकोर एडम्सले गोल गरे।
- बार्सिलोनाका लागि मार्कस रासफोर्डले एक गोल गरे, तर टोलीले हार टार्न सकेन।
काठमाडौँ । आइतबार राति सेभिल्लाको घरेलु मैदानमा नेपाली समय अनुसार ८ बजे सुरु भएको ला लिगाको खेलमा बार्सिलोना सेभिल्लासँग ४-१ को फराकिलो अन्तरले पराजित भएको छ।
यो हारसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ र ला लिगामा अब कुनै पनि टोली अपराजित रहेनन्।
खेलको १३ औँ मिनेटमा चिलीका स्ट्राइकर एलेक्सिस सान्चेजले सेभिल्लाका लागि पहिलो गोल गर्दै अग्रता दिलाए। सान्चेज बार्सिलोनाका पूर्व खेलाडी हुन्। यद्यपि, खेल अवधिभर बार्सिलोना हाबी देखिए पनि सेभिल्लाको आक्रामक खेल शैली अगाडि बार्सिलोनाको रक्षापंक्ति कमजोर साबित भयो। बार्सिलोनाको पोस्टमा गोलको वर्षा रोकिएन।
सेभिल्लाले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो। बार्सिलोनाका स्ट्राइकर लेवन्डोवस्कीसमेत पेनाल्टीमा चुक्दा टोली थप दबाबमा परेको थियो। पहिलो हाफको अतिरिक्त समय (४५+७ मिनेट) मा रासफोर्डले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन्। रासफोर्डले जारी सिजनमा लिगमा खाता खोलेका हुन्।
दोस्रो हाफमा सेभिल्लाले थप दुई गोल गर्न सफल भयो, जसले गर्दा बार्सिलोना तीन अङ्क गुमाउन बाध्य भयो।
आजको खेलमा राफिन्हा र लमिन यमलको अनुपस्थितिले बार्सिलोनालाई महँगो मूल्य चुकाउनुपर्यो। यो जितसँगै सेभिल्ला लिग तालिकाको चौथो स्थानमा उक्लेको छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडले आठ खेलबाट २१ अङ्क जोडेको छ भने बार्सिलोनाको १९ अङ्क मात्र छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण