शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: शेखर फकाउँदै गगन र विश्वप्रकाश, अख्तियार प्रमुखको राजीनामा माग

मङ्गलबार, २१ असोज २०८२, २३ : ४२
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • जेनजी मुभमेन्टले अख्तियार प्रमुखसहित आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र बुझाएको छ।
  • गण्डकी प्रदेश सभाको बैठक दलहरूबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको छ।
  • प्रहरीले केपी शर्मा ओली र रमेश लेखकविरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. राजीनामा माग

‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ।

२. शेखर फकाउँदै

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन गर्न दबाब दिन हस्ताक्षर अभियान चलाइरहेका छन् । 

 

३. रुग्ण उद्योग

जेनजीहरूले आर्थिक क्षेत्रमा समेत हस्तक्षेप बढाउन थालेका छन् । जेनजी आन्दोलनको बलमा नयाँ सरकार गठनसँगै राजनीतिक विवाद र बहसमा उत्रिएको बेला सरकारले लिएका आर्थिक नीति पुनरवलोकलका लागि हस्तक्षेप गर्न थालेका हुन् ।

 

४.गण्डकी प्रदेशसभा

बुधबारका लागि आह्वान गरिएको गण्डकी प्रदेश सभाको बैठक कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरूबिच सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको छ। 

जेनजी प्रदर्शनका क्रममा प्रदेश संसदको मूल भवन जलेर नष्ट भएपछि सचिवालयले लामो अध्ययनपछि बैठक सञ्चालन गर्न मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहल तयारी पारेको थियो।

५. जहेरी भर्सेस जाहेरी

जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।

 

नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

 

६. प्रहरीले किन पक्राउ गर्न चाहेन ?

जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जेनजीले पक्राउ गर्न दबाब दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । 

 

भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट गरेको छ ।

 

७. एकताको प्रस्ताव

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकतालाई बलियो बनाएको निष्कर्ष सहित उक्त प्रस्ताव अगाडि सारेको हो ।

८. बक्सअफिस

करिब तीन महिना अघि अर्थात् असार १६ गते चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’ लागु गर्‍यो । बोर्डको २५ औँ वार्षिकोत्सवका अवसर पारेर ‘रियल टाइम बक्सअफिस’ तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाट उदघाटन गरिएको थियो ।

 

९. डेडलाइन फागुन २१

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको प्रमुख ‘म्याण्डेट’ नै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनु हो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न दलहरूलाई विश्वासमा लिनु सरकार र निर्वाचन आयोग दुवैको दायित्व हो ।

 

नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ ।

 

१०. ‘बेबी बुमर्स’

भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी समूहले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो । जेनजी विद्रोहले सत्तामात्र ढलेन, राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका भौतिक संरचना ध्वस्त भयो ।

 

११. विपद् व्यवस्थापन

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपालले भोगेको ठुलो धनजनको क्षति सम्झनामै ताजै छँदा यस वर्ष पनि दशैंको मुखैमा मुलुकले अर्को मौसमी विपद्को सामना भाग्नु पर्‍यो । 

 

१२. खेलकुद

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप