शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओलीले नेतृत्व नछाेड्ने, जेनजीको ‘रोडम्याप’ अलपत्र, नेपाललाई विश्वकप छनोटको ट्रफी

शुक्रबार, ३१ असोज २०८२, २२ : ००
शुक्रबार, ३१ असोज २०८२

आज २०८२ असोज ३१ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ : केपी ओली

नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ । पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो । बैठकको समापनमा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको उल्लेख गर्दै त्यो पूरा नगरी नेतृत्व नछोड्ने बताए । 

जेनजी विद्रोहपछि बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले फेसबुकबाट राजीनामा माग्नेलाई चुनौती दिए । असोज २९ गतेदेखि ललितपुरको भनिमण्डलमा बसेको बैठकमा नेतृत्वबाट हट्न केन्द्रीय समिति बैठकले निर्णय गरे खुसी साथ छोड्ने स्पष्ट सन्देश दिए । 

  • राजदूत फिर्ता :परम्पराकै निरन्तरता कि सुशासन कायम गर्ने मेसो ?

सरकार परिवर्तन हुने बित्तिकै विभिन्न देशमा रहेका राजदूत फिर्ता बोलाउने चलनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पनि निरन्तरता दिएको छ ।

  • जेनजीको ‘रोडम्याप’ अलपत्र 

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको विद्रोहपछि नेपालको राजनीतिक तरल अवस्थामा छ । तर यस्तो अवस्था हुँदा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न न जेनजी समूह तयार देखिएका छन् न राजनीतिक दलहरू नै । आन्दोलनले जननिर्वाचित सत्ता ढल्यो, तर संक्रमणकालीन व्यवस्थाको अन्त्य कसरी गर्ने भन्नेमा जेनजी समूह अलमलिएको देखिन्छ ।

  • काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेध   

काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । 

याे पनि 

काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।

  • ७० औँ प्रहरी दिवस 

नेपाल प्रहरीले आज आफ्नो स्थापनाको ७० औँ दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा ७० औँ दिवस मनाइएको हो । 

  • नेपाललाई विश्वकप छनोटको उपाधि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै ट्रफी जितेको हो । 

  • जेनजी आन्दोलनमा आगजनी

यसरी विध्वंस मच्चाउनेहरुमाथि प्रहरीले धमाधम मुद्दा दर्ता गराउन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुरले भदौ २४ मा विभिन्न स्थानको घटनामा संलग्नमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस भएसँगै मुद्दा दर्ता हुन थालेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप