दलहरूसँगको संवादमा प्रधानमन्त्रीले के भनिन् ?
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।
- उनले राजनीतिक दलहरूसँगको छलफलमा चुनावका लागि भइरहेका प्रयासबारे जानकारी गराइन्।
- प्रधानमन्त्रीले चुनाव सफल बनाउन सबैको भूमिका आवश्यक रहेको बताइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय (आगामी फागुन २१) मा नै भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा ११ वटा राजनीतिक दलहरुसँगको संवादमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्,'यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ ।'
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्,'यसबिचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो ।'
उनले अगाडि भनिन्,'सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ । अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ ।'
उनले चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने समेत बताइन् । दलहरूले व्यक्त गरेको चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको समेत प्रधानमन्त्री कार्कीले बताइन् ।
छलफलमा सहभागी दलहरूले आगामी निर्वाचन भयरहित हुनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण