चितवनमा तिहारको एक सातामा ६९ वटा दुर्घटना
सारांश
- तिहार सुरु भएपछि चितवनमा ६९ वटा सवारी दुर्घटना भए, जसमा ७ जनाको मृत्यु भयो।
- मादक पदार्थ सेवन र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको प्रहरीले जनाएको छ, जसमा १४१ जना घाइते भए।
- प्रहरीले जुवा खेलिरहेका २१ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ र उनीहरूबाट ३ लाख ६१ हजार २१० नगद बरामद गरेको छ।
चितवन । नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए ।
चितवनमा जुवातास खेल्ने २१ जना पक्राउ
जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक रिजालका अनुसार पक्राउ परेकाबाट नगद रु तीन लाख ६१ हजार २१० बरामद गरिएको छ । उनका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको हो । सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण