१० बजे १० समाचार : कतै एकता र विग्रह, कतै नयाँ पार्टी बनाउने कसरत
आज २०८२ कात्तिक १८ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- ९ पार्टीबिच एकता घोषणा
नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् ।
- नयाँ अभियान
पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। उनले उक्त अभियानमार्फत ’तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
- कांग्रेस बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी दुई कार्यतालिका पेस भएका छन् । महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने छुट्टाछुट्टै कार्यतालिका पेस गरेका हुन् ।
- नयाँ पार्टीको कसरत
मो समयदेखिको उकुसमुकुस, खटपट र संघर्षका बिच नेपालका वाम पार्टीहरू धु्रवीकरण, पुनर्गठन र पुस्तान्तरणको तीव्र प्रयासमा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा लगायतका ८ दलबिच पार्टी एकताको घोषणा हुनलाग्दा ती दलबाटै एकता प्रक्रियामा नगएकाहरू पनि अलग–अलग ढंगले पार्टी पुनर्गठनको गृहकार्यमा जुटेका हुन् ।
विकास निर्माणसम्बद्ध तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङको नेतृत्वमा वैकल्पिक शक्ति र जेनजी पुस्तासम्बद्ध दल गठनको तयारी अघि बढेको छ ।
- आन्दोलनको हल्ला
जेनजी आन्दोलनले दसैं–तिहारको मुख्य सिजनमै सुस्ताएको अटो बजारमा नयाँ आन्दोलनको त्रासले थप अन्योल बढाएको छ, व्यापार बढ्ने उत्साह कतै देखिँदैन ।
- राप्रपाको राजनीति
समान बिचार भएका राजनीति दल र सक्तीहरूसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसंग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव गरेको छ ।
- न्यायालय
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासले गत बुधबार सरकारलाई ७ दिनभित्र लिखित जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गर्यो । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू डा. कुमार रेग्मी, हरि फूयाल र डा. मनोजकुमार शर्मासहितको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको १६ थान रिटलाई एक साथ राखेर सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
- जेनजी आन्दोलन
भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीले हालसम्म १४१ वटा मुद्दा दर्ता गरेको छ भने ३७५ जना अभियुक्तहरू पक्राउ परेका छन्। क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा सर्वाधिक मुद्दा दर्ता भएको देखिन्छ। उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जना अभियुक्तहरू पक्राउ परेका छन् ।
- खेलकुद
आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय लगातार कमजोर बन्दै गएको छ । हाल नेपाली टोली यूएईमा लिग–२ अन्तर्गत आफ्नो पाँचौं त्रिदेशीय सिरिज खेलिरहेको छ । सिरिजका तीन खेलमा नेपालले हालसम्म जित हासिल गर्न सकेको छैन ।
यस वर्ष सहिद स्मारक ए डिभिजन लिग फुटबल नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूबीच सोमबार लिग नगरेर राष्ट्रिय लिग खेलाउने सहमति भएपछि खेलाडीहरू चौतर्फी विरोधमा उत्रिएका छन् ।
- सरकारले सच्यायो कमजोरी
सङ्घीय सरकारले प्रदेश सरकारलाई बाइपास गरेर प्रमुख सचिवहरूलाई सीधै पत्राचार गरेको विषयमा मुख्यमन्त्रीहरूको कडा आपत्तिपछि केन्द्र सरकारले अन्ततः आफ्नो गल्ती सच्याएको छ। केन्द्रको अर्थ मन्त्रालयले मंगलबार स्पष्टीकरण पत्र जारी गरेको छ, जुन यसअघिको पत्रमा रहेको कमजोरी सच्याउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण