उपभोक्ता समितिमार्फत काम नगर्न मुख्यमन्त्रीको निर्देशन
सारांश
- मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत काम नगर्न निर्देशन दिएका छन्।
- उनले ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता दिन र स्पष्ट मापदण्ड बनाउन निर्देशन दिए।
- आवश्यक नभएको ठाउँमा बजेट विनियोजन भएको गुनासो आएपछि मुख्यमन्त्रीले कार्ययोजना बनाउन निर्देशन दिए।
बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिएका छन् ।
यहाँ शनिबार आयोजित जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त निर्देशन दिएका हुन् । ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै उनले पालिका महासङ्घलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अति आवश्यक भएको ठाउँमा मात्र उपभोक्ता समितिमार्फत काम गर्ने गरी र प्रदेश कानुनअन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिए ।
त्यसैगरी, मुख्यमन्त्री शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । आवश्यक नभएको ठाउँमा बजेट विनियोजन गरिएको र काम सम्पन्न भइसकेका योजनामा पनि काम नगरेको जनगुनासो आउन थालेपछि स्पष्ट रूपमा कार्य योजना तयार गरेर योजना कार्यान्वयन गर्न उनले निर्देशन दिए ।
“आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको छ”, मुख्यमन्त्री शाहले भने, “यदि यस्तो भएको छ भने त्यस्तो बजेट कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस् ।”
कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट, सुरेन्द्र पाल र जानकी ऐर बम, जिल्लाका अन्य जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया गर्न मुख्यमन्त्री शाह आइतबार दार्चुला जाने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण