इस्लामावाद अदालतबाहिर भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
सारांश
- इस्लामाबाद जिल्ला अदालत बाहिर भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ।
- विस्फोटमा २७ जना घाइते भएका छन्, र पाकिस्तानका रक्षामन्त्रीले यसलाई गम्भीर चुनौती भनेका छन्।
- प्रहरीले घटनास्थललाई सिल गरी अनुसन्धान सुरु गरेको छ र अदालतको गतिविधि स्थगित गरिएको छ।
पाकिस्तान । मंगलबार दिउँसो १२ः३० बजे इस्लामाबाद जिल्ला अदालत बाहिर एउटा ठूलो विस्फोट भयो । यो विष्फोटमा अहिलेसम्म मर्नेको सङ्ख्या १२ जना पुगेको छ । अरु २७ जना घाइते भएको खबर आएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले घटनालाई देशको लागि गम्भीर चुनौती भनेका छन् । ‘हामी युद्धको अवस्थामा छौँ । यो आक्रमण अफगानिस्तानसँग जोडिएको आतंकवादको सन्देश हो, जसलाई पाकिस्तान रोक्न पूर्ण रूपमा सक्षम छ,’ उनले भने । यो केवल सीमा वा बलुचिस्तानको कुरा मात्र नभएर सम्पूर्ण पाकिस्तानको लागि खतरा भएकोमा उनले जोड दिएका थिए ।
स्थानीय प्रहरीका अनुसार अदालत क्षेत्रमा भारी ट्राफिक र भिडभाड भएको बेला विस्फोट भएको थियो । विस्फोटमा धेरै वकिल र नागरिक घाइते भएको बताइएको छ । घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको भनिएको छ । प्रहरीले घटनास्थललाई सिल गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
विस्फोटको कारण, सम्भावित लापरबाही र अन्य कारकहरूको अनुसन्धान गर्दै सुरक्षा बल र फोरेन्सिक टोलीहरू घटनास्थलमा खटाइएको छ ।
घटनापछि अदालत परिसर र वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । हालका लागि सबै अदालती गतिविधिहरू स्थगित गरिएको छ । प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण