शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: त्रिपक्षीय रणनीतिमा एमाले, आन्तरिक खिचातानीमा कांग्रेस

बुधबार, ०३ मङ्सिर २०८२, २३ : ५९
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • एमालेको रणनीति, अदालत, सडक र निर्वाचन सँगै लैजाने प्रयास।
  • बारामा नेकपा एमाले नेताको विरोधमा प्रदर्शन भएपछि कर्फ्यू जारी, गृह मन्त्रालयको ध्यानाकर्षण।
  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा काठमाडौंलाई हराएर विजयी सुरुवात गर्यो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. त्रिपक्षीय रणनीतिमा एमाले

नेताहरूको यस्तो जबाफले एमालेका समर्थक, शुभचिन्तक र साधारण कार्यकर्तासमेत अलममलमा पर्नु स्वाभाविक हो । एमाले नेताका यस्ता प्रतिक्रियाले एकातिर फागुन २१ मा निर्वाचन हुन नसक्ने सन्देश प्रवाह गरिरहेको छ भने अर्कोतिर निर्वाचन भइहाले पनि एमाले सहभागी नहुने त होइन भन्ने आशंकालाई बढाएको छ ।

२. आन्तरिक खिचातानीमा कांग्रेस

प्रतिनिधि सभा विघटन संविधान सम्मत् हो कि होइन भन्नेमा चर्को बहस भइरहेको छ । आन्दोलनपछि संविधान अनुसारका काम भएरनभएबारे पनि फरकरफरक तरिकाले बहस भइरहेका छन् । 

३. तनावग्रस्त बारा 

नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा बुधबार तनाव भएको छ । तनाव बढेपछि स्थानीय प्रशासनले  कफ्र्यु आदेश जारी गर्नुपर्‍यो । यसैबीच  घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

४. सरकारका निर्णयमाथि प्रश्न

जेनजी आन्दोलनको जगमा बनेको सरकारले सुरुवाती दिनमा राम्रो कामको थालनी गरेपनि पछिल्लो समयका केही निर्णयको आलोचना पनि भएको छ । 

५.टिप्पणी

बुधबार बाराको सिमरामा एकाएक तनाव, झडप र कफ्र्युको अवस्था निम्तियो । नेकपा एमालेका नेता महेश बस्नेत लगायतको पूर्वनिर्धारित राजनीतिक कार्यक्रमलाई लक्षित गरी ‘जेनजी’ प्रदर्शनकारीहरूले गरेको विरोधले उग्र रूप लिँदा उक्त क्षेत्र नै अस्तव्यस्त मात्रै बन्न पुगेको केन्द्रीय राजनीतिमा समेत हलचलको स्थिति बनेको छ ।

६. सुदूरपश्चिमको विजयी सुरुवात

काठमान्डु गुर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल०मा जितको खाता खोलेको छ ।

बुधबार साँझ आफ्नो दोस्रो खेलमा काठमाडौँ सुदूरपश्चिम पराजित हुन पुग्यो । 

टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै दिएको १४८ रनको लक्ष्य काठमाडौँले भेट्टाउन सकेन । १९ बल बाँकी छँदै काठमाडौँ पूरा विकेट गुमाएर ११८ रनमा सीमित भयो ।  

७. जेनजी अगुवाको प्राथमिकतामा परेन दल दर्ता 

निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्रका लागि ३७ वटा नयाँ दलले निवेदन दिएका छन् । कात्तिक ३० गतेसम्म ३७ वटा दलले निवेदन दिएका हुन् । निवेदन दिएकामध्ये मंगलबारसम्म ६ दलले मात्र प्रमाणपत्र पाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

८. अप्रमाणित लिखतलाई मान्यता 

मिटरब्याज पीडितलाई न्याय दिन भन्दै मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ संशोधन गरेपनि अदालतले भने त्यस्तो संशोधित ऐनलाई मान्यता दिन अस्वीकार गरेको पाइएको छ । जिल्ला र उच्च अदालतले अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित तमसुकलाई मान्यता दिने गरी आदेश दिइरहेका छन् । 

९. मधेसका सभामुख पदमुक्त

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो ।

१०. जग्गाधनीलाई ‘फेभर’ गर्ने भूमि बैंकको मोडेल  

भूमि बैंक सञ्चालनका लागि आवश्यक बाटो खुला भएको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली संशोधनसम्बन्धी गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै भूमि बैंक सञ्चालनको बाटो खुलेको हो ।

११. दलहरूसँग प्रधानमन्त्रीको संवाद

सुशिला कार्कीसँगको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले चुनाववारे आ(आफ्नो धारणा राखेका छन् ।

१२. फिक्सिङ प्रयास

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप