काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले छैटौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले गुल्बदिन नैबको रुपमा छैटौं विकेट गुमाएको हो । नैबलाई पोखराका म्याट टेलरले १७ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पाँचौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान रोहितकुमार पौडेलको रुपमा पाँचौँ विकेट गुमाएको हो । रोहितलाई पोखराका सागर ढकालले ४० रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ड्रेसी शर्टका रुपमा दोस्रो विकेट गुमाएको हो । विपिन खत्रीले लुम्बिनीका शर्टलाई ७ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । एडम रोसिङ्न र जिम्मी निशमको अर्धशतकको सहयोगमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । पोखराका लागि रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले । ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, जिम्मी निशमले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उलने ३ चौका र ३ छक्का प्रहार गरे । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लयान्सले पोखरा एभेन्जर्सविरुद्ध पाँचौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले एडम रोसिङ्टनको रुपमा चौथो विकेट गुमाएको हो । रोसिङ्टनलाई लुम्बिनीका तिलक भण्डारीले ८१ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । पोखरा एभेन्जर्सका एडम रोसिङ्नले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सका लागि अर्धशतक पूरा गरेका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लयान्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले तिर्थराज दाशको रुपमा चौथो विकेट गुमाएको हो । तिर्थराजलाई लुम्बिनीका तिलक भण्डारीले १ रनमा बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लयान्सले पोखरा एभेन्जर्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सुमित वर्माको रुपमा तेस्रो विकेट गुमाएको हो ।
सुमितलाई लुम्बिनीका गुल्बदिन नैबले एबलीडब्लू आउट गराएका हुन् । यो विकेटसँगै लुम्बिनीले ७ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ३० रन बनाएको छ ।
काठमाडौँ । शेर मल्लले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सका लागि पाखरा एभेन्जर्सको एकै ओभरमा दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिनेश खरेलको रुपमा पहिलो विकेट गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लयान्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा अपराजित सुदूरपश्चिम र गत सिजनका विजेता जनकपुर बोल्ट्स भिड्नेछन्।
पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः१५ बजे सुरु हुनेछ। दोस्रो खेल सुदूरपश्चिम र जनकपुरबिच दिउँसो ३ः३० बजे हुनेछ।
चार खेलबा सबैमा विजय हासिल गर्दै उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा रहेको छ भने गत सिजनको विजेता जनकपुर बोल्ट्सले तीन खेल सकिँदासम्म पनि खाता खोल्न सकेको छैन ।
काठमाडौँ । विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् ।
उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी भए पनि हालसम्म १७ अर्धशतक बनेका छन्।
जसमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काए।
काठमाडौं । अहिले कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजन चलिरहेको छ । देशका सातवटा प्रदेश र राजधानी काठमाडौंलाई प्रतिनिधित्व गर्ने गरी आठ फ्रेन्चाइज टिमले एनपीएलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
यो पटक एनपीएल क्रिकेट प्रतियोगिता मात्रै भएर आएको छैन । जसरी पुराना दलको सत्ता सञ्चालन प्रवृत्तिको आम फ्रस्टेसन जेनजी आन्दोलन मार्फत पोखियो, त्यसपछिको अनिश्चिततामा एनपीएलले खुसीको सञ्चार गरायो भन्न सकिन्छ । एक हिसाबले लामो फ्रस्टेसनपछि नेपाली युवापुस्तामा एनपीएल खुसी बनेर आएको छ ।
यति मात्र होइन, शिथिल बनेको अर्थतन्त्रलाई थोरै भएपनि चलायमान बनाउन एनपीएलले भूमिका खेलेको छ । विदेशी खेलाडीको आगमन, देशका विभिन्न भागबाट क्रिकेट हेर्नका लागि काठमाडौं भित्रिने दर्शकका कारण होटल, यातायातदेखि जर्सीसम्मका व्यापारलाई राहत मिलेको छ । खेलकै कारण पर्यटन उद्योगमा ठुलो फाइदा पुर्याउँछ । त्यसैले भन्न सकिन्छ खेलकुद अब मनोरञ्जन, तन्दुरुस्ती र देशको गौरवको मात्रै विषय रहेन, यो अर्थतन्त्रको इन्जिन पनि बन्न थालेको छ ।