काममा नगई १० वर्षको तलब तलब लिने कर्मचारीलाई ५ वर्ष कैद र जरिवाना
सारांश
- कुवेतको अदालतले तलब ठगी मुद्दामा एक कर्मचारीलाई ५ वर्षको जेल सजाय सुनाएको छ।
- कर्मचारीले १० वर्षसम्म काम नगरी तलब लिएको पुष्टि भएपछि ३ लाख १२ हजार कुवेती दिनार जरिवाना तिर्नुपर्नेछ।
- अदालतले यसअघिका सफाइ दिने फैसलालाई उल्टाउँदै कर्मचारीलाई दोषी ठहर गरेको छ।
कुवेत । कुवेतको अदालतले सार्वजनिक क्षेत्रमा तलब ठगीसम्बन्धी हालैका वर्षहरूमा सबैभन्दा कडा फैसला सुनाउँदै एक निजामती कर्मचारीलाई पाँच वर्षको जेल सजाय तोकेको छ।
साथै, उनलाई ३ लाख १२ हजार कुवेती दिनार (करिब १ मिलियन अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको छ। ती कर्मचारीले काममा अनुपस्थित रहेर पनि करिब दश वर्षको तलब सार्वजनिक कोषबाट गैरकानूनी रूपमा लिएको पाइएको थियो।
अदालतका कागजातहरूले ती निजामती कर्मचारी नागरिक सेवा विभागमा कार्यरत भए पनि पछिल्लो १० वर्षदेखि काममा नगई तलब बुझिरहेको देखाएका छन्। उनी आफ्नो कार्यस्थलमा अनुपस्थित थिए र कुनै पनि कामको जिम्मेवारी निर्वाह गरेका थिएनन्, तर उनको तलब भने हरेक महिना बैंक खातामा जम्मा भइरहेको थियो। यो अनियमितता पत्ता लागेपछि अधिकारीहरूले गैरकानूनी सम्पत्ति आर्जन र सार्वजनिक कोषको दुरुपयोग गरेको भन्दै उनीविरुद्ध फौजदारी मुद्दा दायर गरेका थिए।
यसअघि अन्य दुई अदालतले ती कर्मचारीलाई सफाइ दिए पनि अदालतको ‘कोर्ट अफ क्यासेसन’ ले ती फैसलाहरू उल्टाउँदै व्यक्तिविरुद्धको प्रमाणहरूलाई अकाट्य मानेको थियो। पाँच वर्षको जेल सजायका अतिरिक्त, ती कर्मचारीलाई बुझेको तलब १ लाख ४ हजार कुवेती दिनार फिर्ता गर्न र त्यसको दोब्बर रकम जरिवाना स्वरूप तिर्न आदेश दिइएको छ।
अरबी पत्रिका अल काबास अनुसार, यो फैसला हालैका वर्षहरूमा जारी गरिएकामध्ये सबैभन्दा कडा हो र यो कुवेतले तलब ठगी र प्रशासनिक भ्रष्टाचार विरुद्ध गरिरहेको गहन प्रयासहरूका बिच आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण