लागूऔषधसहित चार जना पक्राउ
सारांश
- बर्दिया र सुर्खेतबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।
- बर्दियामा ब्राउनसुगरसहित एक किशोर पक्राउ परेका छन्।
- सुर्खेतमा नाइट्राजेपाम र ट्रामाडोलसहित ३ जना पक्राउ परेका छन्।
काठमाडौँ । विभिन्न जिल्लाबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । बर्दिया र सुर्खेतबाट लागुऔषधसहित चार जना पक्राउ परेका हुन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट २ सय ट्याब्लेट नाइट्राजेपाम र ४५ ट्याब्लेट ट्रामाडोलसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २१ वर्षीय विनोद न्यौपाने, कालिकोट शुभकालिका गाउँपालिका–८ बस्ने २० वर्षीय नवीन शाही र सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय राजेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको कप्र०२–००१ ज ०६२४ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण