कविता
नानीहरूलाई मान्छे बन्न दिऔँ
शनिबार, ०५ पुस २०८२, १० : ०१
सारांश
- लेखकका अनुसार बालबालिकाहरू हाम्रो भविष्य मात्र नभई वर्तमान पनि हुन्।
- बालबालिकाहरूलाई डरको सट्टा प्रेम र प्रतिस्पर्धाको सट्टा सहअस्तित्व सिकाउनुपर्छ।
- लेखकले बालबालिकाको बालापन सुधार्ने नाममा उनीहरूको अभिव्यक्ति गुमाएकोमा चिन्ता व्यक्त गरेका छन्।
यी नानीहरू
हाम्रो भविष्य मात्र होइनन्
हामीले बिर्सेको
हाम्रो आफ्नै वर्तमान पनि हुन्।
उनीहरू प्रश्न हुन्
नडराएका एव नझुकेका प्रश्न
उत्तर होइन,
सत्य खोज्ने उज्याला आँखा हुन।
हामीले डर सिकायौँ,
उनीहरूलाई प्रेम चाहिएको थियो
हामीले तुलना थमायौँ,
उनीहरूलाई आकाश चाहिएको थियो
नियम होइन,
सम्बोधन चाहिन्छ उनीहरूलाई,
आदेश होइन,
सुन्ने मन चाहिन्छ
बालापन सुधार्ने नाममा
हामीले आत्मा काट्यौँ
चुप हुन सिकाउँदै
अभिव्यक्ति गुमायौँ।
आउनुहोस्,
डर हटाएर विश्वास रोपौँ
प्रतिस्पर्धा होइन
सहअस्तित्व सिकाऔँ
उनीहरूलाई खुला आकाश दिऔँ
जहाँ असफलता पनि
सिकाइको पहिलो अक्षर बनोस्
मानिस बनाउने हतारमा
मानवता नमारौँ
मानिसभित्र मानिस चिन्ने
बुद्धत्वको बीज छर्न सिकौँ
(हालः शिखरपुर,बकैया-८, मकवानपुर )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण