स्मिथको सानदार शतक : द्रविडलाई पछि पारे, एसेजमा रन जोड्ने मामिलामा दोस्रो
सारांश
- अस्ट्रेलियाका कार्यवाहक कप्तान स्टिभ स्मिथले एसेज टेस्टमा ३७ औं शतक बनाए।
- स्मिथले राहुल द्रविडलाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने सूचीमा आफूलाई उभ्याए।
- उनले एसेज इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थान हासिल गरे।
सिड्नी । अस्ट्रेलियाका कार्यवाहक कप्तान स्टिभ स्मिथले सन् २०२६ को सुरुवातमा सानदार प्रदर्शन गर्दै आफ्नो टेस्ट करियरको ३७ औँ शतक प्रहार गरेका छन्। सिड्नी क्रिकेट ग्राउण्डमा जारी इंग्ल्याण्डविरुद्धको पाँचौँ एसेज टेस्टमा स्मिथले यो उपलब्धि हासिल गरेका हुन्।
उनले १६६ बलको सामना गर्दै ११ चौका र एक छक्काको मद्दतले शतक पूरा गरे। यो शतकसँगै स्मिथले भारतीय क्रिकेटका दिग्गज राहुल द्रविडलाई पछि पारेका छन्। यसअघि दुवैको नाममा ३६–३६ टेस्ट शतक थियो। अब टेस्ट क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने सूचीमा ३६ वर्षीय स्मिथभन्दा अगाडि केवल कुमार सांगाकारा, जो रुट, रिकी पोन्टिङ, ज्याक कालिस र सचिन तेन्दुलकर मात्र रहेका छन्।
समग्रमा स्मिथको यो एसेज इतिहासमा १३ औँ शतक हो भने सबै फर्म्याट मिलाएर ४९ औँ शतक हो। यससँगै उनले आफ्ना पूर्वसमकक्षी डेभिड वार्नरको कुल अन्तर्राष्ट्रिय शतकको कीर्तिमान बराबरी गरेका छन्।
तेस्रो दिनको खेलमा यो कोसेढुंगा पार गरेसँगै स्मिथ एसेज इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा ज्याक हब्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन्। ज्याक हब्सको ३ हजार ६३६ रनको कीर्तिमान तोडेका स्मिथभन्दा अगाडि अब ५ हजार २८ रन बनाएका डन ब्राडम्यान मात्र छन्। एसेजमा सर्वाधिक शतक प्रहार गर्ने सूचीमा पनि उनी ब्राडम्यान (१९ शतक) पछि दोस्रो स्थानमा (१३ शतक) छन्।
प्याट कमिन्सको अनुपस्थितिमा कप्तानी सम्हालिरहेका स्मिथका लागि यो सिरिजको पहिलो शतक हो। यसअघिका खेलमा रनका लागि संघर्ष गरिरहेका उनले सिड्नीको आफ्नो मनपर्ने मैदानमा लय समातेका हुन्। सिड्नी क्रिकेट ग्राउण्डमा यो उनको पाँचौँ टेस्ट शतक हो। योसँगै उनले मेलबर्न क्रिकेट ग्राउण्डमा बनाएको ५ शतकको रेकर्डसँग बराबरी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण