ठुला सभाको जमाना गयो, अब गल्ती नदोहोर्याउने बाचासहित घरघर डुल्छौँ : प्रचण्ड
सारांश
- पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन प्रचारशैली बदल्ने बताएका छन्, र घरदैलो अभियानमा जोड दिने घोषणा गरे।
- उनले पार्टीलाई युवा पुस्तामाझ लोकप्रिय बनाउन सूचना प्रविधिको प्रयोग गर्ने बताए, र पुराना गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए।
- प्रचण्डले ठूला सभाको सट्टा जनतासँगको प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने बताए, साथै काठमाडौँमा पार्टीको जितको दाबी गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको निर्वाचन प्रचारशैली बदल्ने बताएका छन् । ठूल्ठूला सभा गर्ने चलन पुरानो भइसकेको भन्दै उनले अबको चुनावमा आफ्नो पार्टी जनताको घरदैलोमै केन्द्रित हुने घोषणा गरे ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले तामझामपूर्ण सभाभन्दा जनतासँगको प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने बताए । उनले युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न सूचना प्रविधिको प्रयोगमा विशेष जोड दिने नीति लिएको सुनाए । विगतमा गरेका गल्ती नदोहोर्याउने बाचासहित चुनावी मैदानमा होमिन उनले कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डले भने, "अहिलेको जमाना अनुसार ठुला सभा गरेर भोट धेरै आउने भन्ने हुँदैन, त्यो पुरानो भइसक्यो । अब घरघर र टोलटोलमा पुगेर हाम्रा सङ्कल्प र एजेन्डाहरू बुझाउनु महत्त्वपूर्ण छ । हामी पुराना गल्तीबाट सिकेर अघि बढ्न चाहेका छौँ र देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ ।"
काठमाडौँको रैथाने समस्या बुझेका सुमन सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा समाहित भएकाले अब काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी पनि उनले गरे । सातवटै प्रदेशमा अपिल गरिसकेको भन्दै उनले अबको मिसन टोल र बस्ती केन्द्रित हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण