देश बचाउन राजा र हिन्दु राष्ट्र चाहिन्छ : नेतृ ओली
सारांश
- राप्रपा नेतृ खुश्बु ओलीले देश बचाउन राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताइन्।
- उनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई आर्थिक संकट र भ्रष्टाचारतर्फ धकेलेको आरोप लगाइन्।
- ओलीले चुनाव जितेपछि समस्या बिर्सिने प्रवृत्ति रहेको र लालपुर्जा वितरण नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा समानुपातिक उम्मेदवार खुश्बु ओलीले देश बचाउन राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताएकी छन्।
आइतबार झापा क्षेत्र नम्बर ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई आर्थिक संकट र भ्रष्टाचारतर्फ धकेलेको आरोप लगाइन्।
ओलीले प्रमुख दलहरू एमाले, कांग्रेस र माओवादीले वर्षौंदेखि गरिब तथा सुकुम्बासीलाई लालपुर्जा दिने आश्वासन दिए पनि कार्यान्वयन नगरेको दाबी गरिन्।
चुनावका बेला मात्र जनताको घरदैलोमा पुग्ने तर जितेपछि समस्या बिर्सिने प्रवृत्ति रहेको उनको आरोप थियो। पटक–पटक सरकारको नेतृत्व गरेका शक्तिशाली मन्त्री र प्रधानमन्त्रीहरूले समेत यस क्षेत्रका नागरिकलाई लालपुर्जा दिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
आफूहरू निर्वाचित भए सदनमा जनताको आवाज उठाउने र आवश्यक परे लालपुर्जा प्राप्तिका लागि सडक संघर्षसमेत गर्ने चेतावनी दिइन्। पुराना दलहरूको “भ्रमको खेती” अब अन्त्य हुनुपर्ने र मतदाताले इमान्दार राजनीतिको पक्ष लिनुपर्ने उनको भनाइ थियो।
वर्तमान गणतन्त्रात्मक व्यवस्थाप्रति आलोचना गर्दै ओलीले राजसंस्था हुँदा देशमा उद्योगधन्दा सञ्चालनमा रहेको तर गणतन्त्रपछि ती बन्द भएको जिकिर गरिन्। अहिलेका राष्ट्रपति र गणतन्त्रका संरचना सञ्चालन खर्च राजदरबारको भन्दा धेरै भएको तथा देश ठूलो ऋणमा फसेको दाबीसमेत उनले प्रस्तुत गरिन्। देश संकटमा पर्दा वर्तमान नेताहरू जिम्मेवारी वहन गर्न नसक्ने आरोप लगाउँदै उनले राजसंस्थालाई स्थायी अभिभावकका रूपमा प्रस्तुत गरिन्।
सनातन हिन्दु राष्ट्रको मुद्दा प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले धर्मनिरपेक्षताले सनातन धर्ममाथि प्रहार गरेको आरोप लगाइन्। विदेशी प्रभावमा धर्मान्तरण भइरहेको दाबी गर्दै त्यसलाई रोक्न हिन्दु राष्ट्र आवश्यक रहेको उनको भनाइ थियो।
ठूला दलहरू विचारविहीन बन्दै गएको आरोप लगाउँदै उनले झापा क्षेत्र नम्बर ४ विकासमा उपेक्षित रहेको बताइन्। आफूहरू निर्वाचित भए ठेकेदार सिन्डिकेट अन्त्य गरी आवश्यकता र भूगोलका आधारमा समान विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण