शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: पोखरा डेढ महिनादेखि दुर्गन्धित, भैँसेपाटी आवास पुनर्निर्माणका लागि बल्ल ठेक्का तयारी

शुक्रबार, १५ फागुन २०८२, ०० : ००
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • चुनाव बिथोल्ने गतिविधिमा पक्राउ परेका बास्तोला र एसपी शाह अदालतको आदेशमा रिहा भए।
  • भैँसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण सुरु भयो, र २३ जना सहसचिवको सरुवा गरिएको छ।
  • रातोपाटीका पत्रकारमाथि एमालेका कार्यकर्ताले झापामा आक्रमण गरे, भने प्रचण्डले रञ्जित तामाङलाई फोन गरेर चुनाव जित्न हौसला दिए।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. बास्तोला रिहा

चुनाव बिथोल्ने गतिविधि गरेका आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ समूहका एसपी शाह .सुनिल प्रसाद शाह) रिहा भएका छन् । अदालतको आदेशले उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

२. मन्त्री आवास

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भग्नावशेषमा परिणत भएको भैँसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिलो चरणमा ११ वटा ब्लकको पुनर्निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।

३. सहसचिवको सरुवा

२३ जना सहसचिवको सरुवा गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा गरेको हो। ५ जनालाई कामकाजमा खटाइएको छ भने अन्यको सरुवा गरिएको हो।

एक नारायण शर्माको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । झनक कुमार खत्रीको राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

४. आयोगको निर्णय र कामकारबाही

निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ ।

आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए ।

५. विभागको कार्यप्रगति

चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो छ महिनाको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५ हजार ९ सय ६ पटक उद्योग, होटल तथा बजार अनुगमन गरेको छ ।

सो क्रममा २९ लाख ४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको म्याद नाघेका, लेबल नभएका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

६. पोखरा डेढ महिनादेखि दुर्गन्धित

‘अब आवाज होइन, एक्सन हो । पत्रकारबाट संसदसम्म । उत्तम आयो, सिस्टम हल्लाउन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम पौडेलको लागि भोट माग्दै गाडी यही आवाज लिएर सडकमा हुईंकिन्छन् । सफा राजनीतिका लागि आएको भनेर गाडीमा गीत घन्काउँदै हिँड्दा रास्वपाले पोखरामा झण्डै डेढ महिनादेखि भइरहेको दुर्गन्धमाथि नजरअन्दाज गरिरहेको छ ।

७. चुनावी समाचार

रातोपाटी डटकममा बिहीबार चुनावसम्बन्धी विभिन्न सामग्री प्रकाशित भएका छन् । जुन यसप्रकार छन्–

८. रातोपाटीकर्मीमाथि आक्रमण

चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् ।

९. विश्वकप

१०. सेयर बजार

साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेर बन्द भएको छ ।

११. देशबाहिर देउवा दम्पत्ती

प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा आरजु राणा देउवा मुलुक बाहिर छन् । आरजु विगत ५ दिनदेखि दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणमा छिन् भने देउवा बुधबार राति स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर उडेका छन् ।

१२. प्रचण्डको रञ्जितलाई फोन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले  तामाङलाई फोन गरेका हुन् ।

तामाङलाई फोन गर्दै उनले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र  जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिएका छन् । प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्।  दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस् मन्त्री बनाउँछु। ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप