बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतले आईपीएलपछि अफगानिस्तानसँग टेस्ट र एक दिवसीय शृङ्खला खेल्ने

सोमबार, १८ फागुन २०८२, १३ : ४५
सोमबार, १८ फागुन २०८२

सारांश

  • भारतको राष्ट्रिय क्रिकेट टोलीले जुनमा अफगानिस्तानविरुद्ध एक टेस्ट र तीन एकदिवसीय खेल खेल्नेछ।
  • शृङ्खलाको एकमात्र टेस्ट खेल नयाँ चण्डीगढमा जुन ६ मा सुरु हुनेछ, र एकदिवसीय खेलहरू धर्मशाला, लखनउ र चेन्नईमा हुनेछन्।
  • यो भारत र अफगानिस्तानबीचको दोस्रो टेस्ट म्याच हुनेछ र पहिलो द्विपक्षीय एकदिवसीय शृङ्खला पनि हुनेछ।

काठमाडौँ । भारतको राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुन महिनामा अफगानिस्तानविरुद्ध एक टेस्ट र तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला आयोजना गर्ने भएको छ ।

शृङ्खलाको एक मात्र टेस्ट खेल जुन ६ देखि नयाँ चण्डीगढमा सुरु हुनेछ । त्यसपछि तीन खेलको ओडीआई शृङ्खला क्रमशः जुन १४ मा धर्मशाला, जुन १७ मा लखनउ र जुन २० मा चेन्नईमा आयोजना हुनेछ । यो शृङ्खला इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल (मे ३१) सकिएको ६ दिनपछि नै सुरु हुन लागेको हो ।

यो भारत र अफगानिस्तानबिच हुन लागेको दोस्रो टेस्ट म्याच हो । यसअघि २०१८ मा बेंगलुरुमा भएको पहिलो र एक मात्र टेस्टमा भारतले एक इनिङ्स र २६२ रनको फराकिलो जित हात पारेको थियो । यद्यपि, यो टेस्ट हाल चलिरहेको विश्व टेस्ट च्याम्पियनसिप (२०२५–२७) को चक्रअन्तर्गत पर्ने छैन ।

यो शृङ्खलाको अर्को महत्त्वपूर्ण पक्ष भारत र अफगानिस्तानबिच यो पहिलो द्विपक्षीय एक दिवसीय शृङ्खला हुनेछ । यसअघि यी दुई टोली एक दिवसीय ढाँचामा एसिया कप र विश्वकप जस्ता बहुराष्ट्रिय प्रतियोगितामा मात्र आमनेसामने भएका थिए । सबै ढाँचामा हेर्दा, दुई टोलीबिचको पछिल्लो भेट २०२४ को टी–२० विश्वकपको सुपर एट चरणमा भएको थियो ।

जारी टी–२० विश्वकपपछि भारतका लागि यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । उता, अफगानिस्तानले भने विश्वकप सकिए लगत्तै संयुक्त अरब इमिरेट्समा श्रीलंकाविरुद्ध तीन टी–२० र तीन ओडीआई खेल्नेछ । अफगानिस्तानसँगको शृंखलालगत्तै भारतले जुलाई १ देखि १९ सम्म इङ्गल्यान्डको भ्रमण गर्नेछ, जहाँ उसले पाँच टी–२० र तीन ओडीआई खेल्नेछ । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप