अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल १५ देश छोड्न निर्देशन
सारांश
- अमेरिकाले इरानमाथि आक्रमण बढाइरहेको बेला, अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका नागरिकलाई देश छोड्न आग्रह गरेको छ।
- सहायक सचिव मोरा नामदारका अनुसार, बहराइन, इजिप्टलगायतका देशका नागरिकलाई तत्काल देश छोड्न भनिएको हो।
- इरानमाथिको आक्रमण र खामेनीको मृत्युले गर्दा यस क्षेत्रमा तनाव बढेको छ।
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरिरहेको निरन्तर आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देश छोड्न आग्रह गरेको छ ।
कन्सुलर मामिलाका लागि विदेश मन्त्रालयकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकहरूलाई उपलब्ध व्यावसायिक उडान वा अन्य माध्यमको प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, कब्जा गरिएको वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र यमन तत्काल छोड्न निर्देशन दिइएको हो ।
इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।
अमेरिकी सरकारले आफ्ना नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो ट्राभल एडभाइजरी जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण