विवादास्पद रनआउटका बिच पाकिस्तानको शानदार पुनरागमन
सारांश
- पाकिस्तानले बंगलादेशलाई १२८ रनले पराजित गर्दै शृङ्खला १-१ को बराबरीमा ल्यायो।
- सदाकत माजले विस्फोटक ब्याटिङ गर्दै ७५ रन बनाए भने सलमान अली आगाले ६४ रनको योगदान दिए।
- खेलमा आगा रनआउट भएपछि विवाद उत्पन्न भयो, जसले गर्दा उनी आक्रोशित हुँदै मैदानबाट बाहिरिए।
ढाका । पाकिस्तानले एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा बंगलादेशमाथि १२८ रनको फराकिलो जित निकाल्दै शृङ्खला १-१ को बराबरीमा ल्याएको छ।
ढाकाको शेर-ए-बंग्ला क्रिकेट स्टेडियममा टस जितेर पहिले बलिङ गर्ने बंगलादेशको निर्णयलाई चुनौती दिँदै पाकिस्तानले ४७.३ ओभरमा सबै विकेट गुमाएर २७४ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। पाकिस्तानका लागि प्लेयर अफ द म्याच सदाकत माजले विष्फोटक ब्याटिङ गर्दै मात्र ४६ बलमा ७५ रनको योगदान दिए भने सलमान अली आगाले ६४ रनको महत्त्वपूर्ण इनिङ खेले।
खेलको दोस्रो इनिङमा वर्षाले अवरोध गरेपछि बंगलादेशले २४३ रनको संशोधित लक्ष्य पाएको थियो। तर, पाकिस्तानी बलरहरूको कसिलो बलिङसामु बंगलादेशी ब्याटरहरू टिक्न सकेनन् र २३.३ ओभरमा मात्र ११४ रनमा समेटिए।
बलिङतर्फ पनि सदाकत माजले चम्किँदै ३ विकेट लिएर टोलीको जित सुनिश्चित गरे। यो जितसँगै अब मार्च १५ मा मिरपुरमा हुने तेस्रो तथा निर्णायक खेलले शृङ्खलाको विजेता तय गर्नेछ।
यस खेलमा पाकिस्तानका सलमान अली आगाको रनआउटले भने ठूलो विवाद निम्त्याएको थियो । ३९औँ ओभरमा मेहदी हसन मिराजको बलमा रिजवानले रक्षात्मक सट खेल्दा बल नन-स्ट्राइकर तर्फ पुगेको थियो। क्रिज बाहिर रहेका आगाले बल टिप्न खोज्दा मिराजले फुर्तिलो हुँदै बल उठाएर स्टम्पमा प्रहार गरेका थिए।
मिराज ठ्याक्कै अगाडि उभिएकाले आगाले क्रिजभित्र छिर्ने मौका नपाएको भन्दै उनी निकै आक्रोशित देखिएका थिए। मैदानबाट बाहिरिने क्रममा आगाले आफ्नो पन्जा र हेलमेट समेत भुइँमा फालेर असन्तुष्टि व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण